Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रचण्ड, नेपाल र गाैतमबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ।

छलफलमा तीनै जना नेताले पार्टीको निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेका छन्। दाहाल निवास खुमलटारमा तीन नेताको बीचमा पछिल्लो छलफल भएको बताइएको छ। नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन्।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहाल सचिवालयले जनाएको छ। नेकपाको पछिल्लो सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय कार्यान्वयन गर्ने, पार्टी एकताका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको बताइको छ।

Insert your Ads code here

गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने पार्टी निर्णयविरुद्ध नै नेताहरु लागेपछि यो विषयमा अब के गर्ने छलफल समेत भएको आजको राजधानी दैनिकमा खवर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!