प्रतिनिधी सभामा बाबु र छोरा को उम्मेदवार दर्ता , बर्दिया क्षेत्र नं २ बाट क कस्ले गरे उम्मेदवारी दर्ता
बर्दिया राजापुर
असोज २३
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाका लागि बर्दिया क्षेत्र नं २मा प्रतिनिधी सभाका लागि ९ जना, प्रदेश सभा २ (१)मा ८ जना र प्रदेश सभा २( २) मा ७ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधी सभाका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट विनय रावल, नेकपा माओवादी केन्द्रबाट सुरेश पन्थ, नेकपा एमालेबाट पंकज सिह राठौर, लो.स.पा अनिरुद्ध आर्य, राष्ट्रिय स्वतन्त्र पाटीबाट ओम प्रकाश बसालौ, नेमकिपाबाट धर्मराज जैसी, स्वतन्त्रबाट राम प्रसाद आर्चाय, लालविर चौधरी राजापुर निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दिएका छन् भने नागरिक उन्मुक्ति पाटीबाट रेशम लाल चौधरीले प्रतिनिधी मार्फत उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा २ मा ७ जनाले उम्मेदवारी दिएका छन् । जसमा नेकपा एमालेबाट कृष्णी थारु, नेकपा माओवादी केन्द्रबाट मान बहादुर थारु, नागरिक उन्मूक्ति पाटीबाट धर्म बहादुर चौधरी, राप्रपाबाट धर्मराज शाह, नेकपाएसबाट हर्क ब. शाही, लो.स.पा. दिलीप कुमार वैश्य, नेमकिपा वाली थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा १मा ८ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट लहनु थारु, नागरिक उन्मुक्ति पाटीबाट प्रदेशी चौधरी, राप्रपाबाट कन्हैयालाल थारु, नेमकिपाबाट सावित्रा थापा, ने.कपा एसबाट लक्ष्मीकान्त शर्मा, जसपा नेपालबाट शान्ता पौडेल , स्वतन्त्रबाट रामचन्द्र थापा निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका थिए भने नेपाली काग्रेसबाट जन्मजय तिमिल्सेनाले मौसम खराबीका कारण राजापुर आउने नसकेपछि काठमाण्डौबाट उम्मेदवारी दर्ता गराएका थिए ।
जेलमा रहेमा रेशम चौधरीले बर्दिया जिल्ला क्षेत्र नं २बाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका छन् भने उनका बुवा लालविर चौधरीले पनि प्रतिनिधी सभाको लागि स्वतन्त्रबाट बर्दिया क्षेत्र नं २बाट उम्मेदवारी दिएका छन् ।
गठबन्धनबाट बर्दिया निर्वाचन क्षेत्र नंम्बर २ मा उत्साहजनक संयुक्त उम्मेदवारी मनोनयन दर्ता प्रतिनिधी सभाका उम्म्मेदवार सुरेश पन्थ, प्रदेश सभा २ खका उम्मेदवार मानबहादुर थारु बाजागाजाको साथ निर्वाचन कार्यालय पुगेका उम्मेदवारी दर्ता गराएका थिए ।