Loading... आजः आइतबार , माघ २७, २०८१

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिको ब्यबस्थाका लागि आवाज उठाउनु पर्ने ः–सघिय सासद थारु


बर्दिया राजापुर भाद्र २२
बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर ५ मा आज सघिय सासद उद्घाटन पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सन्तकुमार थारुले किसान माध्यमिक बिद्यालय बदालपुरमा निर्माण गरिएको अटोमेटिक कुलिङ्ग सिस्टम सहितको ठूलो वायोस्याण्ड फिल्टर, तिब्रेणी बजारको शहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन र नेपाल राष्ट्रिय आधारभूत विद्यालय बदालपुरको ६ कोठे भवनको एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको छ ।

स्थानीय नागरिकहरुको स्वास्थ्य सेवामा पहुच पुर्याउने उदेश्यले संघीय सरकारको करिब साढे ६३ लाखको लागतमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सांसद सन्तकुमार थारुले शहरी स्वास्थ्य केन्द्रको स्थापना भएपछि जनताको अनुहारमा खुसि छाएको अनुभुति गरिरहेको बताउनु भएको छ । जनयुद्ध र संविधानसभाले बनाएको संविधानले यो खुसी र बिकासको अनुभुति भईरहेको बताउनु भएको छ । अब समाजबादी ब्यबस्थाको कल्पना गरेर संविधान बनाएका छौँ, त्यो ब्यबस्था ल्याउनका लागि हामी सबैजना सचेत हुन आवश्यक रहेको बताउनु भएको छ । अर्कोप्रसंगमा सांसद थारुले प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिको ब्यबस्थाका लागि सबै जनताले आवाज उठाउनु पर्ने आवश्यक रहेको बताउनु भएको छ ।

Insert your Ads code here

कार्यक्रममा दोस्रो सविधानसभा सदस्य मानबहादुर थारु विकासका लागि भौतिक संरचना संगै सामाजिक बिकास गर्न पर्ने आवश्यकता रहेको बताउनु भएको छ । हामी राजापुरमा भौतिक संरचना संगै सेवाको सदुपयोग तथा सेवा लिन नसकीरहेको बताउनु भएको छ । हामीले बजेट कति पायौँ भन्दा पनि सेवा र अधिकार कति पायौँ तथा लिनसक्यौँ भन्ने मुख्य कुरा रहेको बताउनु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारुले यस त्रिवेनीबजार क्षेत्रका जनता आफ्नो वडाको स्वास्थ्य संस्थामा भन्दा अर्को पालिकामा जानु पर्ने अवस्था टरेको बताउनु भएको छ । यस शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेपछि निकै सहज भएको बताउनु भएको छ । साथै सडकसंजाल र पुल कल्भटहरु प्रसस्त मात्रामा निर्माण भईरहेको छ । रोगलाग्नुको मुख्यकारण नै पानी भएकोले राजापुरनगरपालिकाको अधिकाशं क्षेत्रमा खानेपानी टेक्की निर्माणका कामहरु भइरहेको बताउदै संघीयतामा देश गएपछि विकासमा तिब्रता आएको बताउनु भएको छ । अहिले सबैसेवाहरु घर नजिकै आएको छ । अब हामी सामाजिक बिकास गर्न आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद थारूले राजापुर नगरपालिकालाइृ पुर्ण सरसफाई युक्त नगरपालिका बनाउन र नगरवासीहरुको स्वास्थ्यमा सुधार ल्याउन नगरपालिकाले स्वास्थ्य संग जोडर बिभिन्न कार्यक्रम गदै आइरहेको र अब राजापुर नगरपालिका भित्र रहेका सबै माध्यमिक विद्यालय र आधारभूत बिद्यालयहरुमा यस्तै किसिमका ठूलो वायोस्याण्ड फिल्टर जडानका लागि बजेटहरु आएकोले अधिकांश बिद्यालयहरुमा बढ्ने विद्यार्थीहरुले स्वच्छ सफा पानी खान पाउने व्यवस्था गरीने भएको बताउदै राजापुर नगरपालिकाबासीलाई स्वास्थ्य सेवा सहजपहुच पुर्याउने कार्यलाई जोड दिएको बताउनु भएको छ । स्थानीय तहमा जनप्रतिनिधिको रुपमा आएदेखि स्वास्थ्य सेवाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गउाउनु भएको छ । राजापुरको सबै वडामा स्वस्थ्य सेवा पुर्याउन स्वास्थ्य संस्थाको स्तरउन्नति गरेको बताउनु भएको छ ।

वडा नं ५का अध्यक्ष राम बहादुर थारुले राजापुर नगरपालिकामा अब समग्ररुपमा समाजिक विकासबाट अगाढी बढाउनु पर्ने बताउदै, यस क्षेत्रबा जनताहरुले स्वास्थ्य सेवा लिन टाढा जानु पर्ने समस्या रहेकोले २ बर्ष अगाडी हप्तामा १ पटक स्वास्थ्य किल्नीक मार्फत स्वास्थ्य सेवा दिदै आइरहेकोमा गत बर्ष देखी आधारभूत स्वास्थ्य केन्द्र नामाकरण गरि स्वास्थ्य सेवा दिएकोमा एकै वडामा २ वटा आधारभूत स्वास्थ्य केन्द्र राख्न नसकिने भएकोले यस पटक भवन निर्माण गरि शहरी स्वास्थ्य कैन्द्रको नामबाट यस क्षेत्रका जनताहरुलाइृ स्वास्थ्य सेवा दिने काम सुरु गरिएको बताउनु भयो ।
कार्यक्रममा राजापुर नगरपालिकाका नगरउपप्रमुख मनकला कुमारी चौधरी, स्वस्थ्यकर्मी, बरघर, महिला स्वास्थ्य स्वयमसेविका लगायतको सहभागिता रहेको थियो ।

यस्तै आजै राजापुर नगरपालिका वडा नं ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वदालपुरमा नव निर्मित भवनको उद्घाटन गरिएको छ । राजापुर नगरपालिका र संघीय सरकारको तराइ मधेश कार्यक्रम अन्तर्गत निर्माण गरिएको ६ कोठे भवनको संघीय संसद सन्त कुमार थारु र संविधान सभा सदस्य मान बहादुर थारु, नगरप्रमुख शिवप्रसाद चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!