Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रथम त्रैमासिकमा चीनको आर्थिक अवस्था


प्रारम्भिक तथ्याङ्कअनुसार चालू वर्षको पहिलो त्रैमासिक अवधिमा चीनको राष्ट्रिय उत्पादन मात्रा २०६ खर्ब ५०अर्ब १०करोड चिनियाँ युआन बराबर छ भने गत वर्षको सोही अवधिको तुलनामा ६.८प्रतिशत घटेको छ। तापनि नयाँ कोरोना भाइरस संक्रमित महामारी अवस्थाबाट ल्याइएको गम्भीर चुनौतीका सामु चीनको आर्थिक तथा सामाजिक विकासको समष्टिगत परिस्थिति स्थिर देखिन्छ। चीनको राष्ट्रिय तथ्याङ्क व्युरोका प्रेस प्रवक्ता माउ शङ युङले आज सत्र तारिख पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

यस पहिलो त्रैमासिक अवधिमा चीनको कृषि उत्पादन आधारभूत रुपमा स्थिर देखिन्छ। खाद्य उत्पादनको परिस्थिति राम्रो छ। कृषिमा थप मूल्य गत वर्षको सोही अवधिको तुलनामा ३.५प्रतिशतले बढेको छ। औद्योगिक उत्पादन घटे तापनि मूल कच्चापदार्थ र उच्च प्राविधिक विनिर्माण उद्योगले वृद्धिको गतिलाई कायम राखेका छन्। सेवायुक्त व्यवसायको उत्पादन घटे तापनि नयाँ विकसित सेवायुक्त व्यवसायको वृद्धि राम्रो देखिन्छ। बजारमूलक बिक्री घटे तापनि दैनिक जीवनका आवश्यकता र भौतिक सामानहरूको अनलाइन खुद्रा तिब्र गतिमा बढेको छ। लगानी धीमा भए तापनि ई-वाणिज्य,पेशागत प्राविधिक सेवा र महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धी व्यवसायमा लगानी बढेको छ। मालसामानको आयात निर्यात सुस्त भए तापनि व्यापारिक बनौट निरन्तर सुधारिँदै गएको छ।

प्रवक्ता माउका अनुसार वर्तमान अन्तर्राष्ट्रिय महामारी लगातार फैलिँदै गएको छ। विश्व अर्थतन्त्र घट्ने जोखिम ठूलो बन्दै छ। चीनको माहामारीको रोकथाम तथा नियन्त्रणका सामु बढ्दो दवाव देखिन्छ। अनि आर्थिक तथा सामाजिक विकासका सामु नयाँ चुनौती तथा कठिनाई देखापरेको छ। आउने चरणमा चीनले महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धी कामलाई जोड दिँदै शक्तिशाली कदमले पुनःकाम र पुनःउत्पादनलाई प्रवर्द्धन गर्दै जाने छ। जसले चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण र गरिबी निवारणको युद्धलाई पराजित गर्ने लक्ष्यको प्रत्याभूति दिनेछ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!