Loading... आजः शनिबार , श्रावण १२, २०८१

सरकारले ज्ञान, सीप, चेतना र प्रविधि दिनुपर्ने र जनता उत्पादनमा जोडिनु पर्छ: मुख्यमन्त्री पाेख्रेल



प्रदेश सांसद खरेलकाे पहलमा खजुरामा कृषि क्याम्पस संचालनमा

मूख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सांसद आइपी खरेलकाे पहलमा खजुरामा संचालनमा आएको कृृषि क्याम्पसले एउटा मोडेल नमूना प्रस्तुत गर्नुपर्ने अाज एक कार्यक्रममा बताएका छन्।

बाँकेको खजुरा–३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको आज शनिवार उद्घाटन तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री पोख्रेलले हरेक मान्छे इलममा जोडिन आग्रह गरेका हुन। मूख्यमन्त्री पोख्रेलले योजनावद्ध विकासबाटै प्रदेशको समृद्धि हासिल हुने भन्दै प्रदेश नं. ५ सरकार प्रदेश समृद्धिको आधार तय गरेर अगाडि बढेको बताए। कार्यक्रममा प्रदेश सांसद आइपी खरेलले साझा प्रयत्नबाट मात्र विकास सम्भव भएको भन्दै विकासको दायित्व र जिम्मेवारी लिन सबैलाई आग्रह गरे।

Insert your Ads code here

क्याम्पस सामान्य ज्ञान हासिल गर्ने थलोको रुपमा मात्र नभई इजरायली मोडेलमा बसेको खजुराको बस्तीमा इजरायलको भन्दा कृषिमा राम्रो नमूना प्रस्तुत गर्ने विद्यार्थी उत्पादन गर्ने योजना तयार गर्नु पर्ने मुख्यमन्त्रीले बताए।

संचालनमा आएको स्नातकतह कृषि विज्ञान एउटा मोडेलको रुपमा अगाडि बढाउन क्याम्पस प्रशासनलाई मूख्यमन्त्री पोख्रेलले सुझाव दिए। मूख्यमन्त्री पोख्रेलले नमूना क्याम्पसका लागि नमूना विद्यार्थी उत्पादन हुनुपर्ने बताउँदै ५४ विद्यार्थीको कोटा रहेकोमा हरेक विद्यार्थी किसानको जीवनस्तर परिवर्तन ल्याउनेमा प्रयत्नशील हुनुपर्ने बताए।

खजुरा क्षेत्र बाहिरका विद्यार्थीलाई डेरा लिनुपर्ने होइन, डेरामा बसाल्नकालागि किसानले खोज्ने गरी विद्यार्थीलाई क्याम्पसले ज्ञान सीप सिकाउनु पर्ने गुरुयोजनाका साथ क्याम्पसलाई अगाडि बढाउन आग्रह गर्दै मूख्यमन्त्री पोख्रेलले पूर्वाधार निर्माणको चुनौती रहेको उक्त क्याम्पसलाई विश्वविद्यालय अनुसन्धान आयोगमा प्रस्ताव गर्न आग्रह गरे।

मुख्यमन्त्री पाेख्रेलले अायाेजनाबाट आउने सहयोग बराबरै प्रदेशले थपेर दोब्बर बनाउने र उपहारका रुपमा एउटा भवन निर्माण गरिदिने प्रतिवद्धता जनाए साथै जनता इलम र उत्पादनमा जोडिनु पर्नेमा जोड दिएका छन्। मूख्य काम उत्पादन भएको उल्लेख गर्दै सरकारले ज्ञान, सीप, चेतना र प्रविधि दिनुपर्ने र जनता उत्पादनमा जोडिनु पर्ने बताए।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली लगायतले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा क्याम्पसलाई नमूना बनाउन अगाडि बढाउनु पर्ने बताएका छन्। कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डिन जयप्रकाश दत्तले प्रदेश र स्थानीय सरकारको सहयोगमा कृषि क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता जनाए।

कार्यक्रममा क्याम्पस स्थापनाका लागि निरन्तर पहल गर्ने सांसद आइपी खरेललाई सम्मान गरिएको थियो। गत फागुन ११ गतेदेखि स्नातक तह प्रथम वर्ष कृषि विज्ञानको पठनपाठन शुरु भएको बताउँदै क्पाम्पस प्रमुख डा. कृष्णहरि ढकालले अध्यापन, अनुसन्धान र कृषि प्रसार मूख्य उद्देश्य भएको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!