सम्माननीय रास्ट्रपतिको तस्बिर मुन्तिर,राष्ट्रिय झण्डाछेउ,३-४ जना महिलालाई साक्षी राख्दै- ब्राण्डेड रक्सी चाख्दै सरकारी कार्यालय या निवासमा झ्याप हुनुभएको हो भने पाँच नम्बर प्रदेशका माननीय मुख्यमन्त्रीज्यू,तपाईंले पदीय गरिमा राख्न सक्नुभएन,…
सम्माननीय रास्ट्रपतिको तस्बिर मुन्तिर, राष्ट्रिय झण्डाछेउ,३-४ जना महिलाकाेे छेउमा बसेर गण्डकी प्रदेशका मुख्यमन्त्रीले चरम सत्ता उन्माद प्रदर्शन गरेका छन्। उनले अाफ्नाे पदीय मर्यादाको मात्रै उल्लंघन गरेका नभई राष्ट्रकाे शीर निहुँराउने कृयाकलाप गरेका छन्।
Insert your Ads code here
मुख्यमन्त्रीकाे यस्तो कृयाकलापकाे विषयमा गम्भीर हुँदै नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका महासचिव वरिष्ट पत्रकार किशोर श्रेष्ठले अाफ्नाे फेसबुक वालमा लेख्नुभएको छ: “सम्माननीय रास्ट्रपतिको तस्बिर मुन्तिर,राष्ट्रिय झण्डाछेउ,३-४ जना महिलालाई साक्षी राख्दै- ब्राण्डेड रक्सी चाख्दै सरकारी कार्यालय या निवासमा झ्याप हुनुभएको हो भने गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू,तपाईंले पदीय गरिमा राख्न सक्नुभएन,तपाईं त प्रदेशको पार्टी इन्चार्ज पनि हो,प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले बहुत रिस्क मोलेर तपाईंलाई त्यो जिम्मेवारी सुम्पिनुभएको,कहिले लेकसाइडमा रेड्लाइट एरिया खोल्न दिने कुरा गरेर,कहिले रेड लेबलको बोतल ओल्टाइ पल्टाइ गरेर यो तमाशा देखाउँदा भर्खर सम्पन्न उपचुनाव जिताउने मतदाता या सरकारको दुई बर्ष पुगेको उपलब्धिमा रमाउने नेकपा कार्यकर्ताको मन दुखेको छ,शायद यस्तै यस्तै कुराले सँघीयता भड्खालोतिर जाकिँदैछ!”