Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रधानमन्त्रीको नियत “छोरी कुटेर बुहारी तर्साउने”


स्वास्थ्य प्रतिकूल हुँदाहुँदै पनि जोशिँदै र हौसिँदै प्रधानमन्त्रीले सोमबार अपरान्ह जारी गराएको दुईवटा अध्यादेश “भ्रुणहत्या” को चरणमा पुगेका छन्।

सर्वत्र बिरोध भएको अध्यादेश सांकेतिक रूपमा विपक्षी दलहरूतर्फ लक्षित रहेको बताइएपनि घुमाउरो तवरले आफूसँग असहमत पक्षलाई सबक सिकाउने अभियानअन्तरगतको भन्ने धेरैको बुझाइ छ। हिजोको प्रदेशस्तरीय छलफलमा सहभागी एकजना माननीयकाअनुसार प्रधानमन्त्रीको नियत ‘छोरी कुटेर बुहारी तर्साउने’ खालको देखिन्थ्यो। तर,२० जना सदस्यले स्थायी समिति बैठक तत्काल बोलाउन लिखित माग गरेकाले पनि होला,आज बिहानैदेखि प्रधानमन्त्रीको रवैया फरक हुन थालिसकेको थियो। फलतः शीर्ष नेताहरुसङ्ग युध्दस्तरमा एकल र सामुहिक भेटघाट शुरु भए। आज बिहानको छलफलमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीलाई “स्थिति सम्हाल्नेतिर गैएन भने सबै कुरा अर्कै दिशातिर जान्छ,पार्टी नै नरहेपछि तपाईं पनि कहिँको रहनु हुन्न”भनी कडै शव्द प्रयोग गरेको श्रोतले जनआस्थालाई बतायो!

सुनसान राजधानीमा हिजो धेरै सवारी साधन गुडे। सयौं सवारी साधन बालुवाटारतिर हुईंकिँदा हात्तिसारस्थित नयाँ खुलेको मेरियट होटल वरपर पनि निकै चहलपहल देखिन्थ्यो। उता, शरदसिंह भण्डारीको निवास भैंसेपाटीमा सयजना भन्दाबढी नेता, सांसद र कार्यकर्ताको भीड थियो। ‘रात रहे अग्राख पलाउँछ’ भनेझैं आज बिहान झिसमिसे नहुँदै प्रधानमन्त्री र उनी निकट समूहको हठमा ल्याइएको अध्यादेशलाई राजपा र समाजवादीले निस्तेज पारिदिए। अन्ततः फुटको संघारमा रहेका मधेशवादी दलहरू रातारात जुटे र आज बिहान कार्यालय खुलेलगत्तै एकीकृत दल दर्ताको लागि निर्वाचन आयोग पुगे। शक्तिशाली प्रधानमन्त्रीको पछिल्लो निर्णयप्रति खिसीटियुरी गर्दै उनीहरूले आयोग परिसरमा भने- ‘सरकारले जारी गरेको अध्यादेश कार्यान्वयन गर्ने पालो अब नेकपाको हो।’

Insert your Ads code here

‘बाघ कराउनु अनि बाख्रा हराउनु’ भनेझैँ बालुवाटारतिर अध्यादेशको खिचडी पाकिरहँदा प्रधानमन्त्रीका अति निकटस्थहरूले नेता तथा कार्यकर्तालाई कान फुकेको पनि यतिखेर अर्थपूर्ण देखियो। नेकपाको संसदीय दल र स्वयम् पार्टीभित्र आफूहरूको समूहमा पर्याप्त सांसद रहेको पूर्वमन्त्री गोकुल बाँस्कोटालगायतले टाउको गनेरै देखाएका थिए भनिन्छ। प्रधानमन्त्री निकट सांसदको संख्या स्पष्ट रूपमा ८२ जना रहेको गतसाता नै उनीहरूले प्रचारमा ल्याएका थिए।

४५ मध्ये कम्तिमा ३२ सदस्य प्रचण्ड र माधव नेपालतिर देखिन्छन्। त्यसमा पूर्व माओवादीकोतर्फबाट १९ जना र नेपालपक्षका १४ हुन्। तीमध्ये १३ जना चट्टानझैं माधव नेपालको पक्षमा उभिनेहरू छन्। पार्टी एकीकरणपछि बनेको नेकपाको स्थायी समितिमा तत्कालीन एमालेको तर्फबाट २६ जना र तत्कालीन माओवादीको तर्फबाट १९ जना मनोनित भएका हुन्। एमालेका २६ जनामध्ये त्यसबेला प्रधानमन्त्री निकट १२ जना र बाँकी नेपालपक्षका थिए।

प्रधानमन्त्रीको किचन क्याबिनेटको रणनीति लकडाउनको समयमा दुईवटा अध्यादेश जारी गर्ने र प्रमुख विपक्षीदल काँग्रेस, राजपा,समाजवादीसहित नेकपाभित्र सरकारबिरोधी ठानिएकालाई एउटै घानमा हाल्ने थियो। सम्भवतः संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सँगै नल्याएको भए काँग्रेसले अर्को अध्यादेशको खासै बिरोध पनि गर्दैनथ्यो। तर, संवैधानिक परिषद्मा विपक्षी दलको भूमिकालाई खुम्चाएको विषयलाई उचाल्न पनि अर्को अध्यादेशको चर्को बिरोध उसको बाध्यता बन्न पुग्यो।

यतिखेर नेकपाभित्रको समीकरणलाई लिएर अनेक टीकाटिप्पणी शुरु भएको छ। समीकरण प्रधानमन्त्रीको किचेन क्याबिनेटले फैलाएको अफवाहभन्दा फरक देखिन्छ। सचिवालयमा प्रधानमन्त्रीको बहुमत नभएको सबैले देखिसकेका छन्। स्थायी समितिलाई हेर्ने हो भनेपनि ४५ मध्ये कम्तिमा ३२ सदस्य प्रचण्ड र माधव नेपालतिर देखिन्छन्। त्यसमा पूर्व माओवादीकोतर्फबाट १९ जना र नेपालपक्षका १४ हुन्। तीमध्ये १३ जना चट्टानझैं माधव नेपालको पक्षमा उभिनेहरू छन्। पार्टी एकीकरणपछि बनेको नेकपाको स्थायी समितिमा तत्कालीन एमालेको तर्फबाट २६ जना र तत्कालीन माओवादीको तर्फबाट १९ जना मनोनित भएका हुन्। एमालेका २६ जनामध्ये त्यसबेला प्रधानमन्त्री निकट १२ जना र बाँकी नेपालपक्षका थिए। नेपालपक्षका भनिएका सदस्यहरूमध्ये पनि तत्कालीन महाधिवेशनबाट निर्वाचित १२ जना स्थायी समिति सदस्य नै अहिले नेकपाको स्थायी समितिमा पनि छन्।

माधव निकट स्थायी समिति सदस्यहरु भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, घनश्याम भुसाल,भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने,रघुजी पन्त,बेदुराम भुसाल हुन्!

तत्कालीन नेकपा माओवादी केन्द्रबाट देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल,वर्षमान पुन,शक्ति बस्नेत,जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा परेका छन्।

चित्त नबुझे ४० प्रतिशत हिस्सा लिएर जानको लागि प्रचण्डलाई मनोबैज्ञानिक दबाव दिइएको भन्ने तर्कलाई केलाउँदा नेकपाको केन्द्रीय समितिमा पूर्व माओवादी समूहको मात्रै पछि थपिएका देवेन्द्र पराजुली, कल्पना धमला,पदम राई, किरण राईसहित ४३ प्रतिशत सदस्य देखिन्छन्। जनअास्था साप्ताहिक अनलाइनबाट साभार,

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!