नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको निरन्तरको छलफलपछि अब छिटै मन्त्रीपरिषद हेरफेर तथा बिस्तार हुने भएको छ।
नेकपा स्थायी कमिटी र सचिवालय बैठकले दिएका सुझावहरुलाई आधार बनाएर पार्टीका दुई अध्यक्षबीच यसै विषयमा छलफल भैरहेको र अब चाँडै प्रधानमन्त्रीले मन्त्रीपरिषदमा केही हेरफेर गर्ने सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल बिस्तार र हेरफेरसँगै संबैधानिक निकायमा रिक्त पदाधिकारी तथा राजदूतहरुको नियुक्तिको बिषयमा पनि छलफल भैरहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो।
Insert your Ads code here
हाल बिभिन्न संबैधानिक निकायमा ४० पद रिक्त छन्।
मन्त्रीपरिषद बिस्तार सँगै केही मन्त्रालय बिभाजन गरेर मन्त्रालयको सङ्ख्या बढाउने चर्चा चलिरहेका वेला सरकारका प्रवक्ता ज्ञवालीले संबिधानको सिमाभित्र रहेर कतिपय मन्त्रालयका नमिलेका कार्य क्षेत्र मिलाइने स्पष्ट पार्नुभयो।
नेकपा भित्र देखिएको आन्तरिक बिबाद, पार्टीको स्थायी कमिटी र सचिवालयको बैठकपछि सहमतिमा टुङ्गिएको थियो।
त्यस लगतै पार्टीका दुबै अध्यक्ष मन्त्रिपरिषद बिस्तार, बिभिन्न आयोगमा नियुक्ति लगायत पार्टी र सरकारलाई प्रभावकारी बनाउने लगायतका बिषयमा गम्भीर छलफल गरिरहनुभएको छ। त्यसैले दुबै अध्यक्षले अव गर्ने निर्णय र कदमलाई राजनीतिक बृत्तमा महत्वका साथ हेरिएको छ।