प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ।
शनिबार दुई छिमेकी मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
दुई प्रधानमन्त्रीको संवादबारे परराष्ट्र मन्त्रालयले आधिकारिक प्रेस नोट जारी गर्नेछ।
Insert your Ads code here
शनिबार प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो।
फाइल तस्बिर