Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनलाई लक्ष्य गर्दै भाजपाको सेवा सप्ताह कार्यक्रम आरम्भ


गान्तोक, 14 सितम्बरत। भारतीय जनता पार्टीले आगामी 17 सेप्टेम्बर, 2020, देशका लोकप्रिय प्रधानमन्त्री नरेन्द्र मोदीको 70औं जन्मदिनलाई लक्ष्य गर्दै देशव्यापी रूपमा आजदेखि सेवा सप्ताह कार्यक्रम आरम्भ गरेको छ। यसै क्रममा सिक्किम प्रदेश भाजपाले पनि विभिन्न सेवाकार्यलाई समावेश गर्दै सप्ताहव्यापी कार्यक्रम आजदेखि शुरू गरेको छ। यसै क्रममा आज पहिलो दिन राज्यव्यापी स्वच्छता अभियानको कार्यक्रम रहेको थियो। यस अवसरमा पार्टी प्रदेश अध्यक्ष डीबी चौहानले उत्तर सिक्किमको मंगनमा आयोजित स्वच्छता अभियानमा सहभागिता जनाए। यस अवसरमा गान्तोकका विधायक वाईटी लेप्चा, जङ्गुका क्षेत्र विधायक पिञ्छो नामग्याल लेप्चा, उत्तर जिल्ला अध्यक्ष टाशी अङ्डुप लेप्चालगायत जिल्ला कार्यकारिणी समितिका पदाधिकारी एवं कार्यकर्ताहरूले सहभागिता जनाएका थिए।
यसै गरी पूर्व जिल्ला अध्यक्ष भानुभक्त दाहालको नेतृत्वमा गान्तोक मण्डल अध्यक्ष ग्याम्छो पल्जर लगायत कार्यकर्ताहरूले जिरोपोइण्टस्थित भानु उद्यानमा सफाई अभियान सम्पन्न गरिएको थियो। आज प्रायः दिनभरि नै अविरल वर्षाको कारण निर्धारित कार्यक्रममा धेरै बाधा उत्पन्न भएको कारण आगामी सप्ताहव्यापी कार्यक्रमहरूबीच राज्यका अन्य स्थानहरूमा पनि स्वच्छता अभियान चलाइनेछ।
आगामी दिनको कार्यक्रमहरूमा 15 सेप्टेम्बरको दिन अस्पतालमा विरामीहरूलाई फल-फूल वितरण गरिनेछ भने 16 सेप्टेम्बरको दिन राज्यव्यापी वृक्षरोपण कार्यक्रम अनि 17 सेप्टेम्बरको दिन भारतीय जनता युवा मोर्चाको तत्वावधानमा रक्तदान शिविरको आयोजना भइरहेछ। सोही प्रकारले 18 सेप्टेम्बरको दिन प्रधानमन्त्री मोदीको जीवनी अनि उपलब्धिहरूमाथि वेबिनार, 19 सेप्टेम्बरको दिन स्वास्थ्य क्षेत्रका केन्द्रीय योजनाहरूमाथि जागरूकता कार्यक्रम अनि 20 सेप्टेम्बरको दिन प्रधानमन्त्री मोदी अनि उनका महान कार्यहरूमाथि वर्चुअल प्रदर्शनी आयोजन गरिनेछ। यी सबै कार्यक्रमहरूमा भारतीय जनता पार्टी, सिक्किमका सम्पूर्ण पदाधिकारी, विधायकगण तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!