Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद बैठक जारी


प्रधानमन्त्री निवास वालुवाटारमा यतिबेला प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अध्यक्षतामा मन्त्रिपरिषदको बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा रहेको जनाइएको छ।

शुक्रबार बस्ने नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेता गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी हिजो सचिवालय बैठकमा गराउनुभएको थियो। अाजकाे बैठकमा प्रधानमन्त्री केपी अाेलीकाे ईच्छा विपरीत पार्टीका नेता तथा कार्यकर्ताकाे चर्को विरोधका बीच अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुहुनेछ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!