प्रभात माबिले मनायो ५१औं बार्षिकाेत्सव
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ अरनिकोनगर जि गाउँस्थित प्रभात माध्यमिक बिद्यालयले सोमबार ५१औं वार्षिक उत्सव भब्यताका साथ मनाएको छ।
बिद्यालयले सोमबार एक भब्य कार्यक्रममार्फत आफ्नो स्थापनाको ५१ वर्ष र अभिभावक दिवस मनाएको हो। दिवसका अवसरको अवसरमा बिद्यालयको बिकासमा सहयोग गर्ने चन्दा दाता, सहयोगी दाता, उत्कृष्ठ शिक्षक कर्मचारी, बिद्यार्थी र अभिभावकलाई सम्मानपत्रसहित सम्मानित गरेको छ।
बि.स.२०२५ सालमा स्थापना भई खरको झुपडीबाट अध्यापन शुरु गरेको बिद्यालयले बिभिन्न व्यक्तिहरुको सहयोगमा बिशाल नमूना बिद्यालयमा परिणत हुन सफल भएको छ। बैजनाथ गाउँपालिकाभित्र नमूना बिद्यालयका रुपमा आफ्नो नाम दर्ता गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिकाकाका अध्यक्ष मान बहादुर रुचालले बिद्यालयमा हुने हरेक क्रियाकलाप बाट सन्तुष्ट रहेको बताउनुभयो।
उहाँले बिद्यालयको बिकास र गुणस्तरका निम्ति गाउँपालिका सदैव सहयोगी बन्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो। गाउँपालिका अध्यक्ष रुचालले बिद्यालयलाई नमूना बनाउनका लागि बिद्यालय सेवा क्षेत्रभित्रका अभिभावकहरुलाई धन्यवाद दिँदै उहाँले यसलाई क्याम्पसका रुपमा परिणत गर्न आफ्नो तयारी रहेको उल्लेख गर्नुभयो। बिद्यालयमा हाल निजी बिद्यालयमा रहने हरेक सुबिधा उपलब्ध छ। बिद्यालयले अभिभावक तथा चन्दादाताको सहयोगमा बस सेवा संचालन गरेको छ।
त्यस्तै बिद्यालय प्रदेश नं.५ को सामाजिक बिकास मन्त्रालयबाट उत्कृष्ठ बिद्यालयका रुपमा पुरस्कृत समेत भएको छ। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सुनारले नमूना बिद्यालयको गुरुयोजना निर्माण र बिकास गर्ने योजना रहेको बताउनुभयो।
साथै उहाँले निजी बिद्यालयसरह नै बिद्यालयमा अंग्रेजी माध्यमको कक्षा शुरु गर्ने र पाँच सय क्षमताको आधुनिक सभाहल निर्माण गर्ने बताउनुभयो। बिद्यालयका निमित्त प्रधानाध्यापक बाबुराम अधिकारीका अनुसार शुद्ध खानेपानी, मार्बल, हात धुने व्यवस्थासहितको सुबिधासम्म शौचालय रहेको बिद्यालयमा करिब हजार बढि बिद्यार्थी अध्ययनरत छन्।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुचालले बिद्यालयमा गेरुवाले निर्माण गरेको वाटर फिल्टर प्रबिधिको उद्घाटन गरिएको छ।
तपाइँकाे प्रतिक्रिया
