सुशासनका मसिहा र भ्रष्टाचार विराेधी देखाउन खाेज्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्म दिन उहाँले धुमधामका साथ मनाउँदा देखिएका केही गतिविधिले विवादित देखिन पुग्नुभएकाे छ।
प्रम अाेलीकाे जन्मदिन मनाउन अाठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि उत्पन्न भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको छ। सामाजिक सञ्जालमा केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ भने कतिपयले यो भिडियो शेयर गर्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्यसमेत गरिरहेका छन्। अाेलीकाे जन्मदिन मनाउने तरीका राजामहाराजाकाे भन्दा कम नभएको भन्दै उहाँ विरुद्ध कडा प्रतिक्रिया ब्यक्त भइरहेका छन्।
ओली आफ्नो जन्म दिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकास्थित आफू जन्मेको घर पुग्नुभएकाे थियो।