Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रमअाेली-गाैतम डेढघण्टे पारिवारिक भेटघाट


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीचको भेटघाट सकिएको छ। प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई लिएर गौतम निवास भैंसेपाटी पुगेका थिए।

गौतमसँगको भेट पारिवारिक रहेको प्रधानमन्त्री स्रोतको भनाइ छ। उपाध्यक्ष गौतमनिकट स्रोतले पनि यसलाई पारिवारिक भेट भनेको छ।

‘आजको भेटघाट बिल्कुलै पारिवारिक हो। दुई परिवारको भेटघाट मात्र हो,’ गौतमनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री झन्डै डेढ घन्टा बस्नुभएको थियो।’

गौतम निवासमा भएको भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। उपाध्यक्ष गौतम र महासचिव पौडेल भैसेपाटीमा छिमेकी हुन्, सेताेपाटीले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!