Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रमअाेली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित


प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित गरिएको छ।

एसियाली व्यवस्थापन संस्थाहरुको संगठन (Asian Association of Management Organizations, AAMO) ले शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सम्मान प्रदान गरेको हो।

संस्थाका सभापति राजिव कौलले एक भव्य समारोहबीच प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गरेका थिए। यस अवसरमा आमो AAMO ले एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि सम्मान गरेको छ।

Insert your Ads code here

आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रालिका समूहका कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ।

श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ। यस्तै नेपालका आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यवसायिक नेतृत्वको सम्मान दिइएको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!