Loading... आजः मंगलबार , मंसिर १८, २०८१

प्रमद्वारा पार्टीमा देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसँग परामर्श


फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ सरकारका मन्त्री र राज्यमन्त्रीहरुसंग भएको छलफलमा प्रधानमन्त्री ओलीले नेकपामा देखिएको समस्याबारे अवगत गराउदै पार्टी एकताको पक्षमा उभिन आग्रह गर्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो।

Insert your Ads code here

छलफलका क्रममा प्रधानमन्त्रीले पार्टी विभाजनका चरणमा प्रवेश गरेकाले त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीहरुलाई आग्रह गर्नुभएको राज्यमन्त्री रावतले जानकारी दिनुभयो। त्यसक्रममा प्रधानमन्त्रीले पार्टी एकता कायम गर्न आफूलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको थियो।

बैठकमा मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिनुभएको राज्यमन्त्री रावतले बताउनुभयो।

पार्टीमा आन्तरिक विवाद बढेपछि त्यसको समाधानका लागि प्रधानमन्त्री ओलीले पार्टिका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरुसंग परामर्श र छलफल गरिरहनुभएको छ।

हिजो नै प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग पनि भेट गर्नुभएको थियो। राष्ट्रपतिसँगको भेटघाट नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!