Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रमले किन काटे नेपालकाे नक्शा अाकारकाे केक?


प्रधानमन्त्री केेपी शर्मा अाेलीले अाज फागुन ११ गते ६९अाैं जन्माेत्सव तेह्रथुमकाे अाठराईस्थित अाफ्नाे जन्मस्थलमा मनाउनु भएको छ।

उहाँले ६९अाैं जन्माेत्सव अाफ्नै नेतृत्वको पार्टीले गरेको निर्णय विपरीत भब्यताका साथ गर्नु भएको छ। जन्माेत्सवमा हेलिकप्टर चार्टर गरेर केक ल्याइएको थियो भने जन्माेत्सव मनाउन अाठराई गाउँ पालिकामा सार्वजनिक छुट्टी दिइएको थियो। यो भन्दा अचम्मको कुरा उहाँको जन्माेत्सवमा ल्याईएकाे केक नेपालकाे नक्सा अाकारकाे थियो।

प्रधानमन्त्रीले किन नेपालकाे नक्साकाे अाकारकाे केक काट्ने निर्णय गर्नुभयो। उहाँलेे देशलाई यसरी नै टुक्राटुक्रा बनाउन चाहेको हो? बारम्बार एमसीसी जसरी पनि पास हुन्छ भनिरहने प्रमले देशलाई अाफ्नाे अहँकारयुक्त सनकमा फसाउन खाेजेका त होइनन् भन्ने सर्वत्र शंका बढिरहेको बेला देशको नक्सा अाकारकाे केक काटेपछि देशलाई पनि केक जसरी टुक्राटुक्रा पार्ने योजना त छैन, अाम जनतामा चासो बढेको छ।

राजनीतिक विश्लेषक तथा राष्ट्रिय पुनर्जागरण अभियान नेपालका संयाेजक भरत दाहालले प्रमकाे जन्माेत्सव सम्बन्धमा प्रतिक्रिया स्वरुप अाफ्नाे फेसबुक पेजमा लेख्नुभएको छ: “यीनीहरु मर्ने बेला यसैगरी काटिनु पर्छ।

Insert your Ads code here

हाम्रो सभ्यतामा कुनै उत्सवमा बत्ति बालिन्छ। मैले बुझेसम्म पश्चिमाहरुले सिकाएको जन्म दिनमा बनाईने केक काट्नका लागि नै बनाईन्छ। केपीकाे यो मजाक मर्ने बेलाको विक्षिप्त मानसिकताको ड्युटी हो। यीनीहरु मर्ने बेला यसैगरी काटिनु पर्छ।”

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!