देशबासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारणबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधाप्रति आफू सम्बेदनशील रहेको बताउनु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अाज मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो। सम्बोधनमा सिङ्गोको मानव सभ्यता प्रभावित भएको र विश्वमा केही नेपाली सहित धेरैले ज्यान गुमाएकोमा दुख ब्यक्त गर्दै सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। यसैगरी उहाँले संक्रमितको स्वास्थ्य लाभको कामना गर्नु भएको छ।
हाम्रो पुस्ताले भोगेको कठिन युद्धमा यसको लडाइँमा रहेको विश्व समुदायप्रति प्रधानमन्त्रीले एक्वद्धता जनाउनु भएको छ। सरकारले केन्द्रदेखि स्थानीय स्तरसम्म उच्चस्तरीय संयन्त्र मार्फत काम गरिरहेकाे बताउनुभयो। यो काेविड 19 विरुद्ध एकजुट भएर लड्ने समय हो। अाफुले सामाजिक लगायतका सञ्चारमाध्यममा अाएका कुरालाई हेरिरहेको र ती केही निहित उद्देश्यका लागि भइरहेको र विना अाधारमा हल्ला फैलाएको पनि बताउनुभयो।
Insert your Ads code here
सम्बाेधनमा प्रमले अाफुले विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुसँग कुराकानी शुरु गरेको पनि जानकारी दिनु भएको छ।