Loading... आजः बुधबार , बैशाख ५, २०८१

प्रमले गरे राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा एक भएर अघि बढ्न सबै दल र दलका नेतासँग आग्रह


प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा एक भएर अघि बढ्न सबै दल र दलका नेतासँग आग्रह गरेका छन्।

‘संविधान संशोधनको विषय सर्वसम्मत रुपमा टुंगो अगाऔँ’, बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘संविधान सहमतिको दस्तावेज हो। सबै दल राष्ट्रिय एकताका लागि संशोधनको प्रस्तावमा अभिऔँ।’

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा एक ठाउँमा हुने तर त्यसका लागि केन्द्रीय समिति बैठकबाट निर्णय कुर्न माग गरेका छन्। ‘संविधान संशोधन प्रस्तावको पक्षमा हामी छौँ। राष्ट्रियताको विषयमा हामी एक ठाउँमा छौँ’, देउवाले बैठकमा भने, ‘हामीलाई समय दिनुहोस् केन्द्रीय समिति बैठक बसेर निर्णय गर्छौँ।’ जवाफमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संकट भएकाले तत्काल निर्णय लिन आग्रह गरेका छन्।

Insert your Ads code here

बैठकमा सहभागी मधेस केन्द्रित दलका नेताले भने संविधान संशोधन गर्दा मधेसका मागलाई प्याकेजमै हल गर्न माग गरेका छन्। जवाफमा प्रधानमन्त्री ओलीले संविधान २०७२ मंसिरमा संशोधन भएको र अहिले गरेर पुनः फेरि गर्न सकिने भन्दै अहिले नक्साको विषयमा एकजुट हुन आग्रह गरेका छन्। यस विषयमा छलफलका लागि पुनः सर्वदलीय बैठक आह्वान गर्ने ओलीले प्रतिवद्धता जनाएका छन्।

रकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुपम सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको छ।

संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो। यो सँगै कोरोना महामारीको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!