Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रम सल्लाहकारले पत्रकार महासंघका महासचिवलाई दिए फाेनमा धम्की


फाइल तस्बिर

बिहीबार बेलुका साढे पाँच बज्दै थियो। म मिडिया मनिटरिङकै क्रममा बाहिरै थिएँ । मोबाइलमा घन्टी बजिरह्‍यो। हेर्दा प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाको कल रहेछ। मैले गाडी साइड लगाएर उहाँलाई कल ब्याक गरे । मैले हेलो भन्‍न नपाउँदै उहाँले ‘के हो रमेशजी तपाइँको पारा’ भन्‍नुभयो । मैले के भयो र सूर्यजी भने । अनि अलि झर्किँदै ‘यो तरिका भएन नि’ भन्‍नुभयो ।

यस्तो पनि विज्ञप्‍ति निकाल्ने हो भनेर सूर्यजी पड्किन थाल्नुभयो। मैले रोकेर आफ्नो कुरा राख्‍न खोज्दा पनि उहाँ एकहोरो बोलिरहनु भयो।

Insert your Ads code here

उहाँले ‘तपाईँलाई म देखाइदिन्छु मात्रै भनिरहनुभयो। मैले यस्तो धम्की किन दिनुहुन्छ भनेर अलि सम्झाउन पनि खोजेँ तर उहाँले सुन्‍न चाहनुभएन । मैले उहाँलाई भनेको थिएँ, ‘तपाईँ प्रधानमन्‍त्रीको सल्लाहकार हो । तपाइँले गरेको बोलेको कुरा त नेपाल सरकारसँग जोडिन्छ नि ।’

त्यसपछि उहाँले अलि झपारेको शैलीमा ‘अँ तपाई‌ जे सम्झिनुस्, त्यही हो । तर यो तरिका ठीक भएन’ भन्‍नुभयो।

करिब आठ मिनेट जति कुराकानी भयो। मैले यो मेरो व्यक्तिगत विचार वा वक्तव्य होइन। पत्रकारहरुको साझा संस्था महासंघको सरोकार अनि आवाज हो भने । अनि उहाँले फेरि भन्‍नुभयो, ‘महासंघ सहास‌ंघ म जाँन्दिनँ। म पनि कुनै बेला महासंघमा थिएँ। तपाइँले यस्तो वक्तव्य निकाल्ने होइन। त्यसको जवाफ पर्खिनुस् अब म वक्तव्य निकाल्छु भन्‍नुभयो।

सूर्यजीले ‘लोकतन्‍त्र तपाईँहरुलाई मनपरी लेख्‍न आएको होइन, लोकतन्‍त्र ल्याउन म पनि संघर्ष गरेको छु’ भन्‍नुभयो। अनि मैले पनि भने, ‘लोकतन्‍त्र तथा प्रेस स्वतन्‍त्रका लागि हामी सबै लडेको हो। तपाईले यसरी धम्की दिनु ठीक होइन।’

त्यसपछि उहाँले धम्कीयुक्त शैलीमा ‘अब हेर्दै जानुस्’ भन्दै फोन राख्‍नुभयो। केहीबेरमै प्रधानमन्‍त्रीका सल्लाहकार सूर्य थापाजीले महासंघको वक्तव्यलाई खण्डन गर्दै सात बुँदे विज्ञप्ती निकाल्‍नुभयो। जुन वक्तव्यमा महासंघ र आम संचारकर्मीलाई अपमानित गर्न खोजिएको छ। यो आपत्तिजनक छ।

चीनबाट महंगो मूल्यमा मेडिकल समान खरिद गर्ने प्रकरणमा प्रधानमन्‍त्रीको नीजी सचिवालय संलग्‍न भनी एउटा अनलाइन पत्रिकामा प्रकाशित समाचार हटाउन प्रधानमन्‍त्रीका सल्लाहकार संलग्‍न हुनु दु:खद घटना भन्दै यसको छानबिनका लागि माग गर्दै महासंघले बिहीबार दिउँसो विज्ञप्ती जारी गरेको थियो। सम्बन्धित अनलाइन पत्रिकाले दिएको रिपोर्ट अनि महासंघका साथीहरु र अन्य वरिष्ठ संचारकर्मीहरुसँग परामर्शपछि मैले त्यो विज्ञप्ती जारी गरेको थियो। यो स्वभाविक प्रकिया थियो।

समाचार डिलिट प्रकरणमा प्रधानमन्त्री सचिवालयको सात बुँदे ध्यानाकर्षण, ‘महासंघको विज्ञप्ति तथ्यहिन’

प्रधानमन्‍त्रीको सल्लाहकारजस्तो जिम्मेवार व्यक्तिले महासंघलाई यस्तो व्यवहार गर्नु शोभनीय होइन। कुनै बाहनामा प्रेसमाथि हुने हस्तक्षेप र प्रहारको हामी खुलेर विरोध गर्छौं। यसमा महासंघले कुनै सम्झौता गर्दैन। प्रेस स्वतन्तता कसैको निगाह वा सनकको परिणाम होइन। हामीले संघर्ष गरेर हासिल गरेको हक हो। यो कसैले खोस्‍न सक्दैन। (नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टसँगको कुराकानीमा आधारित भएर अन्नपूर्ण पाेष्ट अनलाइन तयार पारेकाे समाचार साभार।सं.)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!