Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

प्रयोगशाला निर्माण हुनु सिक्किममा ऐतिहासिक काम भएकोछः मुख्यमन्त्री तामाङ


प्रवीण खालिङ

गान्तोक, 21 मई। अन्ततः सिक्किमले पनि बहुप्रतिक्षित ‘भाइरल रिसर्च एण्ड डायग्नस्टिक ल्याब’ को निर्माण पुरा गरेर आज उत्घाटन गरिएको छ। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट राजधानी गान्तोकस्थित नयॉं एसटीएनएम अस्पतालमा विहिबार बिहान ‘भाइरल रिसर्च एण्ड डायग्नस्टिक ल्याब’ को विधिवत उद्घाटन गरे। यस अवसरमा राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री डा. एमके शर्मासहित मन्त्री केएन लेप्चा, मन्त्री सोनाम लामा तथा विभागीय वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेका थिए। उक्त प्रयोगशालाको उद्घाटनका साथै सिक्किमको स्वास्थ्य क्षेत्रमा ठूलो एवं महत्वपूर्ण पूर्वाधार जोडिएको छ। यतिका वर्षहरूसम्म कतिपय नमूनाहरूको जॉंचको निम्ति सिक्किमबाट अन्य राज्यहरूमा पठाउनुपर्ने स्थिति थियो। अब सबै प्रकारका भाइरल रोगहरूको नमूनाहरूको जॉंच सिक्किममा सम्भव हुनेछ। उल्लेखनीय छ अहिलेसम्मा विशेष गरेर कोविड 19 को नमुना जाँच सिलगढीमा गरिन्दै थियो भने यो प्रयोगशाला बनिएपछि अब सिक्किममै यसको जाँच हुने भएकोले परिणाम पनि छिटो आउनेछ।
उद्घाटन पछि मिडियासित कुराकानी गर्दै मुख्यमन्त्री तामाङले यो प्रयोगशाला निर्माण हुनु सिक्किममा ऐतिहासिक काम भएको बताए। उनले यसको निम्ति सर्वप्रथम सिक्किमे जनतालाई धन्यवाद दिने उल्लेख गर्दै निर्माण प्रक्रियामा लागिपरेका स्वास्थ्य विभागका मन्त्री सचिव र सबै स्वास्थकर्मी अनि इञ्जिनियरिङ सेललाई पनि आभार प्रकट गरे। उनले भने, छोटो अवधीमा उद्घाटन भयो। स्वास्थ्य विभागका मन्त्री सचिव, स्वास्थ्यविभागका कर्मचारी रातदिन गरेर खट्ने इञ्जिनियरिङ सेललाई यसको निम्ति धन्यवाद दिन्छु। निर्माणको समय छिमेकी राज्य पनि बन्द थियो निर्माणमामा कष्ट भए पनि 26 दिनमा तयार गरिएको छ। उनीहरूले उत्तर बङ्गाल मेडिकल कलेजमा गएर प्रयोगशाला हेरेर आइसीएमआरको गाइडलाइन मार्फत काम गरे। यसैगरि प्रयोगशालाबारे प्रशिक्षित चिकित्सक नभएको कारण चिकित्सक र टकनीकिय सहयोगीहरूलाई प्रशिक्षणमा पठाएर ल्याइएको अनि कोरिन्टिनमा बसेर अहिले प्रयोगशाला चलाउन सक्ने बनेको मुख्यमन्त्रीले अवगत गराए। मुख्यमन्त्रीले आगामी सोमबारदेखि टेस्टिङ शुरु हुने बताए। यसबारे भारत सरकारलाई कोविड 19 को महामारी शुरु हुनसाथै पत्रचार केन्द्रिय स्वास्थ्य मन्त्री डॉ. हर्षवर्धनलाई पत्रचार गरेर नर्थ बेङ्गल मेडिकल कलेजमा शुरु गर्ने माग गरेको अनि त्यसलाई तीन दिनमा अनुमोदन गरिएक कुरा उल्लेख गर्दै भारत सरकारलाई पनि आभार प्रकट गरे।
उनले भने, अब यहाँ जाँच शुरु भएपछि सिक्किमे जनताको निम्ति फाइदा हुनेछ। आज प्रयोगशालाको उद्घाटन गरियो। यसलाई सञ्चालन गर्ने अनुमति पाएपचि जाँच शुरु हुनेछ। शुरु गर्दा एक दिनमा 90 देखि एक सयबाट जाँच शुरु गरेर विस्तारै संख्या बढाउइनेछ।
यसैगरि राज्य बाहिरबाट आउनेहरूको निम्ति राज्य सरकारले निगरानी र जाँच प्रक्रियामा कुनै कसर बाँकी नराखेको बताउँदै मुख्यमन्त्री तामाङले भने, सबै चेकपोष्टहरूमा पुरा जाँच गरेर कोरेन्टिनमा पठाइँदैछ अहिलेसम्म नमुना नर्थ बङ्गालमा जाँच गर्दैछौं जहिलेसम्म शुरु हुँदैन मेडिकल कलेजमा नै पठाउँछौं। हामी सबै आइसीएमआर र भारत सरकारको मार्ग निर्देशमा काम गर्दैछौं। सिलगढीमा बसोबासो गर्नेहरू सबैजसोलाई ल्याइसकेका छौं। सिलगढीमा केस बड्दैछ तर हामीले गर्नु पर्ने सतर्कता सबै विभाग र सम्बन्धित निकायबाट सतर्कता गराउँदैछौं। सिक्किम फर्केर आउने जहाँ छन् उनीहरू त्यही राज्यमा होम कोरिन्टिनमा बसेर आएका छन् भने फर्कि आँउनेहरूलाई सबै नाकामा कडा निगरानी गरेका छौं।
मुख्यमन्त्रीले भने, भारत सरकारलाई धन्यवाद दिन चहान्छु। प्रधानमन्त्रीलाई धन्यवाद सिक्किमको महामारीको समयमा प्रधानमन्त्रीले जुन कन्सर्न देखायो अनि स्वास्थ्य मन्त्रीले जुन माग मान्नु भयो आइसीएमआरलाई पनि लजिस्टिक सपोर्टको निम्ति धन्यवाद अनि सिक्किम महामारीमा जो जसले सहयोग गरे ती सबै संघ संस्था, व्यक्तिले महामारीमा मुख्यमन्त्री राहत कोशमा दान गरे उनीहरूलाई पनि धन्यवाद व्यक्त गर्छु। महामारीले पर्यटन र होटलवाला ट्याक्सीवाला अनि किसान विभिन्न स्तरमा नोक्सान भएको कुरालाई ध्यानमा राखेर राज्य सरकारले इकोनमिक रिभाइबलको कमिटि गठन गरेको बताए जसले सबैलाई भेटेर कसरी राहत दिन सकिन्छ त्यो तय गर्ने बताए। यसैगरि उनेल महामारीको समयमा राज्यको विभिन्न राजनैतिक दलहरूले पनि समर्थन जनाएको छ बन्दै उनीहरूलाई पनि आभार प्रकट गरेका छन्।
अर्कोतिर स्वास्थ्य तथा परिवार कल्याण विभागको मन्त्री डॉ. एमके शर्माले भने, यो प्रयोगशाला निर्माण सिक्किमको निम्ति ठूलो काम भएको छ। एसटीएनएमको 9औं तलामा प्रयोगशाला खोल्न सकेका छौं। कोरोना भाइरसको पनि जाँच गर्न सक्षम भएका छौं यो सिक्किमेको निम्ति एउटा उपहार हो। यसैगरि उनले यहाँ प्रयोग गरिएको सबै सामान यही डिसइन्फेक्टेड गर्ने प्रावाधान पनि रहेको बताए। उनले प्रयोगशालालाई लिएर अहिलेसम्म रहेको जति पनि आशंका थियो सिक्किममा किन भएन भन्ने प्रश्नको विराम पनि यहाँ लागेको बताए।
उल्लेखनीय छ यो प्रयोगशाला निर्माणको निम्ति आइसीएमआरले 75 प्रतिशत अनुदान प्रदान गरेको हो भने 25 प्रतिशत अलकेम लेबोट्रोरी प्राइभेट लिमिटेडले सीएसआर फण्डबाट प्राप्त अनुदानले स्थापना गरिएको हो। एसटीएनएम अस्पतालले नियमित रूपमा पहिलेबाट ट्रुनेट मेसिनबाट कोविड 19 जाँच गरिरहेको छ। जसमा अहिलेसम्म 583 नमुनामध्ये 459 वटा नमुनाको नकरात्मक परिणाम आएको बताइएको छ। रहल नमुनाको परिणाम आउन बाँकी छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!