भर्खरै सकिएको चर्चित गायन रियालिटी सो नेपाल ‘आइडल ३’ को फस्ट रनरअप बनेका गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ । गाउको परिवेशमा यो भिडियो बनेको छ माया अनि स्नेह देख्न सकिन्छ । प्रविन बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमी लाइ’मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतलाइ कैलाश रेग्मीले म्युजिक भिडियोको सम्पूर्ण जिम्मा लिएका थिए । साथै संगीत संयोजन उदयराज पौडेलले गरेका छन ।
भिडियोका निर्माता तथा गीतकार दुर्गा प्रसाद कडरिया आफै रहेका छन । यस भिडियोलाई निर्देशन भने रिकेश बज्राचार्यले गरेका छन । कलाकारहरुमा नवराज सिंह खड्का र प्रतिशा रिजालले मुख्य भूमिकामा खेलेका छन । झापाली गीतकार कडरियाले आफ्नो आठौँ सांगितिक कोसेलीको रुपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिएका छन ।
गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा सांगितिक कोशेली बजारमा ल्याईसकेका छन् । गीतकार कडरियाका दुईवटा लिरिकल भिडियो र पाँचवटा म्यूजिक भिडियो सार्वजनिक भईसकेका छन् ।कडरियाले मयूजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज भएको छ ।