Loading... आजः आइतबार , बैशाख १४, २०८२

प्रशान्त पौडेलको शब्द तथा सङ्गीतमा ‘एक्लै छु म’


लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ। प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ। उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ।

एविएस म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ। ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ, आशा छ सबैको मन जित्ने छ’, निर्देशक देवेन्द्रले भने।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!