Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रशासनको निर्देशनपछि धर्म प्रचार गर्ने विदेशीले जिल्ला छाडे


पोखराको शिवसक्ति क्याम्पसमा भर्ना भएर विद्यार्थीको रुपमा नेपाल रहेका तर गोरखामा धर्म प्रचार गरेर बसेकाहरुले जिल्ला छाडेका छन्। लामो समयदेखि गोरखामा घर भाडामा लिएर बसेका चार जना जापानी नागरिकको गतिविधि शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालयले निगरानी गरेको थियो।

‘उहाँहरुले जिल्ला छाडेको जानकारी आएको छ’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ‘गोरखाबाट अन्यत्र गईसकेका छन्।’ नेपाल बस्न पाउने आधिकारिक भिसासहितको कागजात भएकाले उनीहरुलाई देश नै छाड्न भन्न नमिल्ने उनले बताए। ‘पोखरामा भर्ना भएर किन गोरखामा बसेको? शंकास्पद गतिविधिमा संलग्न भएकाले गोरखाभित्र नबस्न निर्देशन दिएका हौँ’ प्रजिअ पौडेलले भने। उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर एक हप्ताभित्र जिल्ला छाड्न निर्देशन दिइएको थियो।

पोखरा क्याम्पसमा भर्ना भएर गोरखामा धर्म प्रचार गर्ने जापानी नागरिकहरुमा सिनो सिकारा, सिनो कन्को, मिसा तोमिनागा, सोरी तोमिनागा हुन्। सिनो सिकारा कन्कोको डिपेन्डेन्ट भिसामा बस्दै आएका छन्। उनको काम पनि सँगै धर्म प्रचार गर्ने हो। उनीहरु गोरखा नगरपालिका ७ मा रहेको योहोब्वाको साक्षी (चर्च) मा बाईवल पढ्ने, बाइबल बाँड्ने, भाषण गर्ने, स्थानीयलाई जम्मा पारेर धर्मको बारेमा प्रचार गर्ने गर्थे। उनीहरु क्रिश्चियन धर्मको प्रचार, किताब बाँड्दै घरघरमा हिँड्थे।

Insert your Ads code here

मिसा र सोरी तोमिनागा दुबै जना पर्यटक भिसामा आएका छन्। उनीहरु हरेक वर्ष छदेखि सात महिना नेपाल र बाँकी समय जापान जाने गर्छन्। वर्षौँदेखि यो क्रम निरन्तर चलिरहेको थियो। भिसामा उनीहरु पढ्न आएको, पोखरामा क्याम्पस भर्ना गरेको उल्लेख छ तर उनीहरु सँधै गोरखा सदरमुकाम र यहाँका चर्चहरुमा भेटिने गर्थे।

आर्थिक अवस्था कमजोर भएकाहरुको परिवारमा बिभिन्न सहयोग गर्ने बहानामा धर्म परिवर्तन गराउन बाध्य पारेको आरोप पनि उनीहरुमाथि छ। मोटरसाइकल लिएर चर्चमा धाउने, पास्टरकहाँ आउजाउ गर्ने क्रियाकलापमा यो समूह सक्रिय थियो। टुरिस्ट भिसामा आएकाहरु घुम्न जाँदैनन् भने पढ्न आएकाहरु पढ्न जाँदैन थिए। अाजकाे नागरिक न्यूजले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!