Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रस्तावित राजदूत पाण्डेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिकाे प्रक्रिया शुरु


संसदीय सुनुवाइ विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ। बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना निकाल्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले सिफारिस गरी पठाएका चीनको आवासीय तथा उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूत पाण्डेका सम्बन्धमा गुनासो, उजुरी दिन १० दिन समय दिइएको छ। समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण बाँडिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आहृवान गरिएको हो। संसदीय सुनुवाइ हुने व्यक्तिका नाममा १० दिनको समय दिएर उजुरी आह्वान गर्ने प्रचलन छ। उजुरी परेमा छानबिन गरेर समितिले प्रस्तावित व्यक्तिको सुनुवाइ गर्नेछ।

गत फागुन १८ को मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर पूर्वमन्त्री पाण्डेलाई नयाँ राजदूत सिफारिस गरेको थियो। समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्ने छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!