बाँकेको खजुरा गाउँपालिकामा निर्माण गरिएको प्री कास्ट अफिस भवनको बिहीबार उदघाटन गरिएको छ।
खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति र उपप्रमुख एकमाया विकले संयुक्तरूपमा एक समारोहका वीच उदघाट्न गरेका हुन।
२४ लाख ५० हजार २ सय ७१ रुपैयाँँको लागतमा निर्मित उक्त भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो।
Insert your Ads code here
झगबहादुर पौडेलको अध्यक्षतामा बनेको समितिले निर्धारित समयमा काम सप्पन्न गरेको भन्दै पौडेललाई सो अवसरमा सम्मान गरियो।
कार्यालय संचालनमा प्राविधिक शाखा लगायत प्रयोग गर्ने गरि भवन निर्माण गरिएको हो। कार्यक्रम विभिन्न वडाका अध्यक्षहरु, गाउँपालिका कर्मचारीलगायतको सहभागिता रहेको काँचुली खबरले लेखेको छ।