Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

प्रेस काउन्सिलको स्वायत्तता जोगियो !


सरकारले साउन २६ गते प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष नियुक्तिका लागि नियमावलीमा एक बुदा संशोधनमार्फत हिजो ३२ गते झापा घर भई पोखरामा कानुन व्यवसाय गर्ने दुर्गा भण्डारी (पौडेल) लाई सदस्य र काउन्सिलको कार्यवाहक अध्यक्षमा नियुक्त गरेको विरुद्ध सर्वोच्च अदालतबाट रोक लागेकाे छ।

प्रेस काउन्सिलको स्वायत्तता जोगियो । ऐनलाई नियमावलीले मिच्नेगरी सरकारद्वारा भएको कार्यवाहक अध्यक्ष तोक्ने पूर्वाग्रहपूर्ण दुइटै निर्णय (नियमावलीमा बुँदा थप र आफ्नो तर्फबाट कार्यवाहक तोक्ने) मा सर्वोच्च अदालतबाट रोक लाग्यो। हाल कार्यरत कार्यवाहक अध्यक्षलाई कुनै पनि हिसाबले काममा बाधा नपुर्याउन आदेश भयो । ब्यक्तिप्रतिको निष्ठालाई योग्यताको मापन गर्दै मन नपर्नासाथ अमुक ब्यक्तिलाई गिराउने र मन पर्नासाथ टुप्पी समातेर तान्ने नाममा हुँदै आएका स्वच्छन्द गतिविधिमा एकदमसम्म ब्रेक लाग्यो।

विधि,प्रक्रियाको पक्षमा उभिने सबैलाई बधाइ । ब्यक्तिको रूपमा किशोर श्रेष्ठ आउँछ-जान्छ,पद दुई दिनको घामछायाँ हो,तर अन्तिम दमसम्म पनि तपाईं हामी काउन्सिलको स्वायत्तता र प्रेस स्वतन्त्रताको पक्षमा रहनुपर्छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!