Loading... आजः शनिबार , श्रावण १२, २०८१

प्रेस क्लब अफ सिक्किमको आमसभा सम्पन्न त्रयभाषिक स्मारिका प्रकाशित गरिने


गान्तोक 15 फरवरी : प्रेस क्लब अफ सिक्किमको आमसभा अध्यक्ष जोसेफ लेप्चाको अध्यक्षतामा सम्पन्न भयो। आज बसेको सभामा क्लबले आगामी दिनहरुमा पत्रकारहरूको हितमा के कस्ता सकारात्मक कार्यहरु गर्नुपर्ने यस विषयमा सम्पूर्ण सदस्यहरू बीच खुलेर चर्चा परिचर्चा गरियो। सभामा विशेष गरि क्लबको स्मारिकालाई प्रकाशित गर्ने र यसका निम्ति उप-कमिटी पनि गठन गरिएको छ। स्मारिका नेपाली, अंग्रेजी अनि हिन्दी भाषामा प्रकाशित गरिने निर्णय लिँदै नेपालीका लागि भीम रावत, अर्जुन पियूष, अनिता निरौला र राजेन्द्र प्रधान ; हिन्दीका लागि सुवास दीपक, निता निराश र अश्विनी आनन्द अनि अंग्रेजीमा विजय वान्तवा, पेमा वाङचुक, विजय गुरुङ र समीरहाङ लिम्बूलाई सर्वसम्मतिले छनौट गरेको छ। यसरी नै स्मारिकालाई डिजाइनिङ गर्नका लागि तारा ढकाल अनि मोहन शर्मा र विज्ञापन व्यवस्थापनका निम्ति सी बी छेत्री, दिला छेत्री, झर्ना न्यौपाने र संदीप प्रसादलाई जिम्मेवारी सुम्पिइएको छ। यसै वर्षको अन्तसम्म स्मारिका प्रकाशन गरेर लोकार्पण गरिने सभाले निर्णय लिएको छ।

आज बसेको सभालाई सम्बोधन गर्दै, अध्यक्ष जोसेफ लेप्चाले पत्रकारहरूको समस्याबारे चाँडै सम्बन्धित विभाग अनि सरकार समक्ष राख्ने जानकारी दिनुभयो। आफू विगत धेरै वर्षदेखि यो पेशामा संलग्न रहेकोले पत्रकारहरूको मर्म राम्रो सित थाहा भएको अवगत गराए भने आगामी दिनमा पत्रकारितासित सम्बन्धित धेरै समस्याहरुको समाधान गर्ने दिशामा कदम चाल्नुपर्ने र यसका निम्ति सबैको साथ र सहयोगको खाँचो रहेको छ भन्दै यसका लागि हामी सबै एकजुट हुने कुरामा विशेष जोड दिए।

यस्तै प्रकारले महासचिव पूरूण तामाङले पत्रकारहरूको आ- आफ्नै समस्या रहेता पनि क्लबले सदैव सम्पूर्ण पत्रकारहरूको समस्यालाई मध्यनजर राख्दै आगामी दिनमा सकारात्मक रुपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसै गरी उनले पत्रकारहरूको स्वास्थ्य बीमाको विषयलाई अघि राख्दै यस दिशामा आगामी दिनमा एउटा ठोस निर्णय लिने बताए। आज बसेको सभामा विशेष गरि भर्खरै सरकारद्वारा प्रदान गरिएको प्रेस क्लब अफ सिक्किमको नयाँ भवनको सही उपयोगिताबारे खुलेर चर्चा परिचर्चा गर्दै भवनको मरमत्ति चाँडै गर्ने र यसलाई प्रयोगमा ल्याउने कुरामा आजको सभाले निर्णय लिएको छ।

Insert your Ads code here

आजको आमसभामा पत्रकारहरूले हालको दिनहरूमा भोग्न परिरहेको समस्याहरूबारे सबै सदस्यहरूले खुलेर आ-आफ्नो पक्षहरू राखे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!