Loading... आजः शनिबार , श्रावण १२, २०८१

फणीन्द्र नेपाल भन्छन्: आदित्यनाथ नेपाल र नेपालीको परम शत्रु


ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले योगी आदित्यनाथ नेपाल र नेपालीको परम शत्रु भएको अाफ्नाे फेसबुक पेजमा उल्लेख गरेका छन्।

आदित्यनाथले गत बुधबार लखनउमा Indo-Asian News Service सँग कुरा गर्दै `नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ। विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ।´(नयाँ पत्रिका, २३ जेठ २०७७) भनेर नेपालको सार्वभौम अस्तित्वमाथि प्रहार गरेकोे भन्दै नेपालले आदित्यनाथलाई नेपाल र नेपालीको परम शत्रु भएको लेखेका हुन्।

नेपालले योगी आदित्यनाथको यो अभिव्यक्तिलाई पागलपनको संज्ञा दिँदै गोर्खा सेनालाई तत्काल हटाएर मैदानमा उत्रिन चुनौती दिन्छु र नेपाली जनतासँग हात जोडेर माफी नमागेसम्म आदित्यनाथ नेपालको परम शत्रु भएको घोषणा समेत गरेका छन्।

Insert your Ads code here

फणीन्द्र नेपालले अाफ्नाे फेसबुक पेजमा लेखेका छन्:

“गत बुधबार (जुन ३) इन्डियाको उत्तरप्रदेशका मुख्य मन्त्री योगी अादित्यनाथ (इन्डियाका प्रधानमन्त्री नरेन्द्र दामोदर दासमोदीका अत्यन्तै निकटस्थ) ले लखनउमा Indo-Asian News Service सँग कुरा गर्दै `नेपालले आफ्नो देशको राजनीतिक सीमानिर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ। विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ।´ (नयाँ पत्रिका, २३ जेठ २०७७) भनेर नेपालको सार्वभौम अस्तित्वमाथि प्रहार गरेकोे देखियो।

आदित्यनाथले नेपालको भौगोलिक अखण्डताविरुद्ध भुकेको झन्डै ४८ घन्टा बितिसक्दा पनि योगीका समकक्षी नेपालका सातै प्रदेशका कुनै पनि प्रमुख मन्त्रीहरू बोलेका छैनन्।

म आशा गर्दछु , विश्व हिन्दू महासंघको केन्द्रीय नेतृत्व , नेपालमा खुला रूपमा काम गरिरहेका राष्ट्रिय स्वयम् सेवक, शिव सेना, पशुपति सेना लगायत हिन्दू धर्मलाई आदित्यनाथको छत्रछायाँमा छोड्न पाउँदा सुरक्षित महसुस गरिरहेका जति पनि हिन्दू धार्मिक संगठनहरू छन्, तिनले देश ठूलो कि धर्म ठूलो स्पष्ट गर्ने बेला आएको छ। त्यसै गरी आफूलाई हिन्दू सम्राट् भन्न रुचाउने राजा ज्ञानेन्द्र वीरविक्रम शाहले आफ्नी आमालाई रक्ताम्य पार्दै विदेशीले मासु लुछेको देखिसकेपछि तमासा हेर्ने कि तत्काल उपचार गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्छ।

म योगी आदित्यनाथको यो अभिव्यक्तिलाई पागलपनको संज्ञा दिँदै गोर्खा सेनालाई तत्काल हटाएर मैदानमा उत्रिन चुनौती दिन्छु र नेपाली जनतासँग हात जोडेर माफी नमागेसम्म आदित्यनाथ नेपालको परम शत्रु भएको घोषणा गर्दछु।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!