Loading... आजः शनिबार , श्रावण १२, २०८१

फाइट अगेन्स्ट कोविड 19 लाई साथ दिँदै निम्की डाँडाको तीनवटा समाज


गान्तोक, 19 मई। विश्वमहामारी कोविड-19लाई रोक्न मात्र होइन यसबाट सचेत हुनको निम्ति आम नागरिकलाई जागरुक गराएर गाउँ घरलाई भाइरसको मारबाट सुरक्षित राख्न एक जुट भएको दार्जीलिङको राजवाडी क्षेत्रका समाजहरूले गठन गरेको छाता सङ्गठन फाइट अगेन्स्ट कोविड 19 ले अहिले अन्य सङ्गठनहरूको पनि सहयोग र समर्थन पाउन सक्षम भइरहेको छ। यसै क्रममा अहिले विभिन्न सङ्घ संस्थाहरू मिल्दै गएर जम्मा 29-वटा समाजको छाता सङ्गठन बन्न पुगेको छ फाइट अगेन्स्ट कोविड 19 । कमिटीका सचिव प्रह्लाद छेत्रीले दिएको जानकारी अनुसार सोमबार निम्की डाँडा क्षेत्रको तीनवटा समाजलाई लिएर आमा सङ्घको अप्पर निम्की डाँडास्थित प्रेक्षागृहमा एउटा विशेष सभा सम्पन्न भयो।
जसमा फाइट अगेन्स्ट कोविड 19 लाई तीनवटा समाज आमा सङ्घ, आमा समाज, अनि गाउँ सुधार समितिले समर्थन जनाउँदै अबउसो समाजमा कोविड-19लाई रोक्न र मानिसहरूमा जागरुकता फैलाउन सहयात्री बन्ने प्रतिबद्धता जाहेर गरेको सचिव छेत्रीले बताए। सभासँगै एक प्रकारले जागरुकता र अन्तरक्रिया कार्यक्रमकै रूपमा सञ्चालन भएको उक्त वैठकमा कोविड-19 को कारण हुने समस्या प्रभाव र आम नागरिकले बहन गर्नुपर्ने जिम्मेवारी र सचेतना बारे पनि अवगत गराइएको थियो।
पुलिस प्रसाशनको सुझाउ र जीटीए-सित अनुमति लिएर फाइट अगेन्स्ट कोविड 19 ले आफ्नो क्षेत्रलाई कोरोना मुक्त राख्न काम गरिरहेको पनि बताइएको छ।
हिजोको बैठकमा फाइट अगेन्स्ट कोविड 19 को सभापति ऋषिकेश शर्मा, उपसभापति पेम्बा बम्जन, सल्लाहकार देउकुमार प्रधान, सह सचिव विनिता छेत्रीले आ-आफ्नोले मन्तव्य राख्दै वर्तमान स्थिति बारे जानकारी राखेका थिए। उनीहरूले उपस्थित प्रतिनिधिहरूलाई पनि फाइट अगेन्स्ट कोविड 19 ले तय गरेको विभिन्न नियमहरू बारे जानकारी गराउने अवगत गराएका थिए। जसमा बाहिरबाट कोही पनि आउँछ भने समाजको चिट्ठी लिएर मात्र आउऩुपर्ने अनि चिट्ठीमा ताजा मिति उल्लेख हुनुपर्ने बताएका थिए। समाजमा कुनैपनि व्यक्तिले समाज र कमिटीको नियम पालन नगरे पुलिस प्रसाशनको सहायता लिन बाध्य हुनुपर्ने नियम रहेको पनि उल्लेख गरिएको बताएका छन्। यसैगरि बिना काम सिलगढी ओहोर दोहोर नगरिदिने साथै गरेको खण्डमा सिधै अस्पताल गएर मेडिकल रिपोर्ट लिएर गाउँमा आउने जस्ता नियमहरु बारे जानकारी गराउँदै सर्वसम्मतीले नियम पालन गर्ने सहमतिमा छापिएका पोस्टर समर्थनमा आएको समाजहरुले पनि टालिदिनुपर्ने आग्रह गरिएको थियो।
शुरुमा 19 वटा समाज मिलेर शुरु भएको फाइट अगेन्स्ट कोविड 19 अहिले 29-वटा समाजको छाता सङ्गठन बनेको पनि जानकारी गराएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!