Loading... आजः शनिबार , श्रावण १२, २०८१

फूलको बेर्ना हस्तान्तरण


राजापुर बर्दिया,

राजापुर नगरपालिका वडा नं ४लाई फरवार्ड लघुबित्त बित्तिय सस्था लि राजापुर शाखाले फुलको बेर्ना हस्तान्तण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आज फूलको बेर्ना हस्तान्तरण गरेको हो ।
फरवार्ड लघुबित्त बित्तिय सस्था लि राजापुर शाखाका प्रमुख बिनोद चौधरीले वडा कार्यालय पुगी ८ जातका ५२ पिस फुलको बेर्ना हस्तान्तण गदै सस्थाको वारेमा जानकारी दिनुहुदै अहिलेसम्म राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा १५ सय सदस्य रहेको र सदस्यहरुका लागि तालिम गोष्ठीहरु गराउदै आइरहेको बताउनु भयो ।

Insert your Ads code here

राजापुर नगरपालिका वडा ४काअध्यक्ष बिदुर पोखरेलले सहयोग गरेकोमा धन्यवाद दिदै बचत कर्ताकै रकमबाट ऋण कर्जा दिने गरेकोले ऋण मिनाहा हुन नसक्ने बताउदै ऋणलाई सहि तरीकाले सदुपयोग गरी लैजानु पर्ने बताए ।वडा सचिव मखन थारुले यस्तो सह्रनिय काम गरेको प्रति धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै रोचक कामहरु हुने आशा लिएको बताए ।
हस्तान्तण कार्यक्रममा वडा सदस्य दयाराम थारु लगायत लघुबित्त बित्तिय सस्था लि राजापुर शाखा कर्मचारीहरुको उपस्थित रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!