Loading... आजः शनिबार , श्रावण १२, २०८१

फेरि आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्नसक्ने


आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ। तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन। मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन्।

यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए। तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो। मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ।

अनलाइनखबरका अनुसार २१ सेप्टेम्बरबाट ९ दिनसम्म भने साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुने भएको छ। तर, उडान भने सबै विमानस्थलमा हुनेछ। वायुसेवा संस्थाले लकडाउनअघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी तालिका तय गरिएको छ। अक्टोवर १ बाट भने यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुने मन्त्रालयले जानकारी गराएको छ। माग र औचित्यता हेरी थप उडान स्वीकृत गरिने मन्त्रालयले वायुसेवा कम्पनीलाई जानकारी गराएको छ। यस्तै हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ। अब आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनुअघि हेल्थ डिक्लिरेसन फारम भर्नुपर्नेछ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!