काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छन् ।
राष्ट्रपति भण्डारीले आगामी २०७८ कार्तीक २६ गते शुक्रवार पहिलो चरण र मंसीर ३ गते शुक्रवार दोस्रो चरणकालागी निर्वाचन तोक्नु भएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्नुभएको कुरा राष्ट्रपति कार्यालय बाट जारी गरीएको विज्ञप्तिमा जनाइएको छ ।