Loading... आजः शनिबार , श्रावण १२, २०८१

फेरि बढ्यो लकडाउन 15 दिन


ट्याक्सी, क्याबको परिचालन अरेञ्ज अनि ग्रीन जोनमा मात्र खुल्लाः सवारी ड्राइभर बाहेक अधिकतम दुईजना मात्र
नयाँ दिल्ली, 2 मई । भारत सरकारले फेरि तेस्रोपल्ट लकडाउन बढ़ाउने घोषणा गरेको छ। अब 17 मईसम्म देशभरि लकडाउन लागू रहनेछ। तर, सरकारले सम्पूर्ण देशलाई कन्टेनमेन्ट, रेड, अरेञ्ज अनि ग्रीन जोनमा छुट्याएको छ। अब प्रत्येक जोनको निम्ति भिन्न-भिन्न छूट दिइएको छ। केन्द्रिय गृह मन्त्रालयले जोन आधारित छूटको लिस्ट जारी गरेको छ। कन्टेनमेन्ट जोन अर्थात सील्ड एरियाहरूमा भने कुनै पनि ऐक्टभिटीलाई छूट दिइएको छैन।

तर 15 दिनको लकडाउनभरि रेड, अरेञ्ज अनि ग्रीन जोनमा पनि प्लेन, ट्रेन, मेट्रोको परिचालन अनि सड़क मार्गद्वारा एक राज्यदेखि अर्को राज्यमा आवागमन, स्कूल, कलेज अनि अन्य शिक्षण संस्थान-कोचिङ इन्सिट्यूट, होटल, रेस्टुरेन्ट समेत आतिथ्य सेवाका सबै संस्थानहरू, सिनेमा हल, मल, जिम, स्पोर्ट्स कम्प्लेक्स जस्ता भीड़भाड़ जस्ता स्थानहरू, सामाजिक, राजनीतिक, सांस्कृतिक अथवा अन्य किसिमका कार्यक्रमहरूको आयोजना, मन्दिर, मस्जिद, दुरुद्वारा, गिर्जाघर समेत सबै धार्मिक स्थल अनि पूजा स्थलहरू र बिहान 7 बजीदेखि बेलुकी 7 बजीसम्म मानिसहरूको निम्ति अ-आवश्कीय गतिविधिहरू सबै बन्द नै रहनेछन्।

सोशल डेस्टेन्सिङ कायम राखेर ओपीडी अनि मेडिकल क्लीनिकहरू तीनवटै जोनमा खुल्ला रहनेछ तर साइकल, रिक्सा, अटो रिक्सा, ट्याक्सी, क्याबको परिचालन अरेञ्ज अनि ग्रीन जोनमा मात्र खुल्ला रहनेछ। यसरी नै जिलाभित्र अनि एकदेखि अर्को जिल्लामा बसहरूको आवत जावत अरेञ्ज अनि ग्रीन जोनमा खुल्ला रहनेछ। सेलुन पनि अरेञ्ज अनि ग्रीन जोनमा खुल्ला रहनेछ।

अनुमतिप्राप्त गतिविधिहरूका लागि चार चक्के वाहनहरूमा ड्राइभर बाहेक अधिकतम दुईजना मानिस चढ़न पाउनेछन्। यसरी नै अनुमतिप्राप्त दुई चक्के वाहनमा एकजना मात्र चढ़न पाउनेछन्। शहरी क्षेत्रहरूमा विशेष आर्थिक क्षेत्र (डएन), निर्यात गतिविधिहरू भएका संस्थान (एजण), इण्डस्ट्रियल इस्टेट अनि इण्डस्ट्रियल टाउनशिप आदिलाई सशर्त छूट दिइएको छ।

Insert your Ads code here

उल्लेखनीय छ, देशमा 3 मईमा समाप्त भइरहेको लकडाउन-2 लाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आज एक अहम बैठक गरेका छन्। यसमा लकडाउनमा आगामी रणनीतिलाई लिएर चर्चा गरियो। बैठकमा गृह मन्त्री अमित शाह, रेल मन्त्री पीयूष गोयल, केन्द्रिय विमानन मन्त्री हरदीप पुरी, क्याबिनेट सचिव राजीब गौबा, स्वास्थ्य मन्त्री हर्षवर्धन, चीफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावत समेत धेरै अधिकारी उपस्थित रहेका थिए। यो बैठक यसैले पनि महत्वपूण छ, किनभने आजदेखि दुई दिनपछि 3 मईमा लकडाउनको दोस्रो चरणको अवधि समाप्त भइरहेको छ तर कोरोना संक्रमणको विस्तारमा कमी देखिएको छैन। देशमा कोरोना रोगीहरूको संख्या 35 हजारमाथि पुगेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!