Loading... आजः शनिबार , श्रावण १२, २०८१

बंगलादेश जाने यात्रु लिएर निजी वायुसेवाको उडान ढाकातर्फ


निजी वायुसेवा कम्पनी बुद्ध एयरले मंगलबार बंगलादेशका लागि चार्टर्ड उडान गरेको छ। बंगलादेशको ढाकाका लागि उडेको जहाज उडेकै दिन काठमाडौं फर्कने कम्पनीले जनाएको छ।

नेपालमा रहेका १३ जना बंगलादेशी नागरिक बोकेर जहाज ढाका उडेको हो। नेपालमा रहेका बंगलादेशी नागरिकलाई स्वदेश फर्काउन दूतावासको पहलमा बुद्ध एयरको जहाज चार्टर्ड गरिएको अनलाइखबरले जनाएको छ।

मंगलबार नै नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली उडेको छ। विदेशी दूतावासहरुले यात्रु आफैले भाडा तिर्ने शर्तसहित धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन्।

नेपालमा १८ बैशाखसम्म राष्ट्रिय-अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । यसले गर्दा नेपालमा रोकिएका विदेशी नागरिक समस्यामा थिए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!