Loading... आजः शनिबार , श्रावण १२, २०८१

बजारमा अभाव हुन नदिन नेपाल सरकारद्वारा सुपथ मूल्य पसल


बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढेको भन्दै सरकारले बजार हस्तक्षेप गर्न सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैंतिहार लगायतका चाडपर्वमा सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल अहिले पनि सञ्चालन गर्ने तयारी गरेको हो।

कोरोनाको त्राससँगै व्यापारीहरूले बजारमा दैनिक उपोभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्यधिक मूल्य असुली गरेका भन्दै व्यापक जनगुनासो बढेपछि मन्त्रालयले यस्तो तयारी गरेको हो। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको सहयोगमा सुपथ मूल्य पसल सञ्चालन गरिने बताउनुभयो। उहाँले त्यस्तो पसलबाट बिक्री गर्दा कोटा प्रणाली लागू गरी दैनिक उपभोग्य वस्तुको उपलब्ध गराइने बताउनुभयो।

यस्तै, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी र अत्यधिक मूल्य असुली भएको विषयमा अनुगमन गर्न ७७ जिल्लाकै प्रशासन कार्यालयलाई गुह मन्त्रालयले निर्देशन जारी गरिसकेको पनि उहाँले बताउनुभयो। बैठकमा मन्त्री भट्टले सन्त्रास र संकटको मौका छोपी आम उपभोक्ताको दैनिक जीवनमा गम्भीर असर पर्ने गरी उपभोग्य वस्तु, औषधि र खाना पकाउने ग्यासको कृत्रिम अभाव गर्न खोजिएको प्रति ध्यानाकर्षण भएको भन्दै आम उपभोक्तालाई पनि अनुगमनकारीको भुमिका खेल्न आग्रह पनि गर्नुभएको कारोबार अनलाइनले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!