उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कुनै वस्तुको अभाव भए त्यसको जिम्मा आफूले लिने बताएका छन्।
बुधबार मन्त्रालयमा भएको ‘कोरोना प्रभावः आपूर्ति व्यवस्था’ विषयक अन्तरक्रियामा मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधिलगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने बताएका हुन।
Insert your Ads code here
मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको मन्त्री भट्टले बताए। मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाएका थिए।
मन्त्री भट्टले भने, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन। राज्यले अभाव हुन दिन्न । विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ।’
त्यस अवसरमा मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।