बजार फोहर व्यवस्थापनमा प्रमुख प्रसाशकीय अधिकृत सुवेदीको ध्यान
बर्दिया राजापुर
२०७८ माघ २७ गते प्रकासित
राजापुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले आफ्नो फेसबुक मार्फत राजापुर बजार वासीहरुलाई अनुरोध गदै हरेक बिहान पालिकाले फोहर उठाउने गरेको छ यसरी दिन दाहाडै दोकान पसलको फोहर बाटोमा जथाभावी फाल्नाले सभ्य बजार बासिको परिचय पक्कै दिदैन । दिनभरिको आफ्नो पसलमा हुने फोहरलाई संकलन गरि पसल बन्द गर्नु अगाडी तोकिएको निश्चिति ठाउँमा फोहोर राख्दा उपयुुक्त हुने थियो । नगर पालिकालाई फोहोर ब्यबस्थापनमा सहयोग गर्नुको सट्टा यसरी जथाभावी फोहोर फाल्ने अनि पालिका तिर औंला ठडाएर दोषारोपण गर्नुको अर्थ देखिएन । फोहोर ब्यबस्थापन बजारबासिको पनि आफ्नो जिम्मेवारी दायित्वलाई नबिर्सौ है । लेख्नु भएपछि धेरैले यसलाई सकारात्मक दृष्टीकोणबाट हेरेको पाईन्छ ।
राजापुर बजार की सिता अर्यालले सके सफा गरौ नसके फोहर गर्ने चेसता नगरौ , बलबहादुर विकले नागरिकको कर्तव्य कसैले कसैले नभूलौ थोरै भएपनि नागरिकको परिचय दिने गरौ नियम त अवश्य बनेकै होला बजार व्यवस्थापन समिती अलि कडा मेहेनत गर्न आवश्यक देखिन्छ , त्यस्तै बिष्णु आचार्यले नागरिकको कर्तव्य नभूलौ बैज्ञानिक फोहोर व्यवस्थापनमा हाम्रो न.पाले के कार्यक्रम अगाडी सारेको होला जिज्ञासा राख्दै निराजन चौधरीले एकदम सहि हामी राजापुरवासी असल नागरिकको जिम्मेवारी निभाउ महादेव रत्गैयाले जुन पसल अगाडी फोहर फालेको छ उसग १००० जरीवाना तत्काल लिने भोली बाटै हामी सबै मिली सुरुवात गरौ कसैले फालिरहेको देखेमा रङ्गेहात समातौ र डबल जरीवाना लिऔ सल्ला सुझाव लेख्नु भएको छ ।
राजापुर बजार सरसफाईका लागि विहान दैनिकरुपमा नगरपालिकाले सरसफाई कर्मचारी राखी सरसफाई गर्ने गरेको भएता पनि बजारको व्यापारीहरुले सरसफाई कर्मचारी गइसकेपछि पसलको फोहरहरु बाटोमा फालिदिने गरेकाले बजार दुर्गन्धीत हुनका साथै फोहर देखिन्ने गरेको छ । राजापुर बजारको फोहर व्यवस्थापनमा बजार व्यवस्थापन तथा सरसफाई समितिले राजापुर नगरपालिका संग पहल गरी फोहर राख्ने डसविनको व्यवस्था गरेको भएता पनि धेरैले फोहर डसविनमा नराखी बाटोमै फाल्नले पनि बजारफोहर हुने गरेको र केही समय पछि त्यस डसवीन पनी हराएर गएको थियो ।
राजापुर नगरपालिकाले होस वा अन्य कुनैले पनि जती अभियान चलाए पनि जब सम्म बजारको फोहर व्यवस्थापनमा नगरवासीहरुको चासो हुदैन र जथाभावी फोहर फाल्नेलाई कानुनी दाएरामा ल्याई जरीवाना गरीदैन तब सम्म फोहर व्यवस्थापन हुन नस्कने देखिन्छ । यस कार्यका लागि राजापुर नगरपालिकाले सरसफाईमा व्यवस्थापन ऐन बनाई लैजानु पर्ने देखिन्छ ।
तपाइँकाे प्रतिक्रिया
