Loading... आजः शनिबार , श्रावण १२, २०८१

बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारी र प्रहरीबीच झडप


नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ। झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड भएको छ। निषेधित क्षेत्र घोषित भएकोले बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारी र प्रहरीबीच भनाभन तथा धकेलाधकेलपछि प्रहरीले लाठीचार्ज गरेपछि ब्यापारीकाे समूहले प्रहरीको गाडीमा ढुङ्गा प्रहार गर्दा गाडीको अगाडिको सिसा फुटेको छ।

निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गराउँदै प्रहरी त्रिवेणी मोडमा पुगेको थियो। त्रिवेणी माेडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै प्रहरीको अवज्ञा गर्दा प्रहरीले लाठीचार्ज गरेपछि गुप्ताले पनि प्रहरीमाथि हातपात गरेको बताइएको छ। प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई आज बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन) का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरेको छ। निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी (स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्ति) बाहेकलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ।

Insert your Ads code here

यसैगरी, आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाही समेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ। सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताएका छन्।

नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ खड्काको भनाइ छ। सामाजिक सञ्जाल लगायत जनस्तरबाट चर्को विरोध र दबाबपछि प्रजिअ खड्काले कडा कदम चालेका हुन्।

यसै विषयमा अाफ्नाे प्रतिक्रिया जनाउँदै स्थानीय नेता प्रमाेद धितालले अाफ्नाे फेसबुकमा लेखेका छन्: “आज वडा को ईन्सपेक्टर तथा जवानद्वारा पुरानो सिनेमा हल निरको संजय किराना पसलमा ९ बजेर ५० मिनेट मा पसल बन्द गराउने निऊमा पसलको सामान फ्याकने र ३ जना पुरुष, १ जना महिला तथा ३ वर्ष को बच्चा माथि लढढी प्रहार गरि १ जना रवि गुप्ता लाई गाडी मा हालेर वडा लगेको र ५६ वर्ष बुवा शिव कुमार गुप्ता लाई गाडी बाट घसारदै २००मिटर अगाडि लगी गाडी बाट फ्याकेको वहाँ सिकिस्त विरामी हुनुहुन्छ।

११ बजे देखि निषेध आज्ञा भएको समय भन्दा १ घण्टा आगाडी प्रहरी द्वारा महामारी को समयमा यस्तो निन्दनिय कार्य गरेकोमा यसको घोर भर्त्सना गर्दछु।

यस्तो समयमा संयम अपनाउन सबैमा अपिल गर्दछु साथै यस्तो कार्य नदोहरायउन प्रहरी लाई अनुरोध गर्दछु।”

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!