Loading... आजः शनिबार , श्रावण १२, २०८१

बडादशै : लोकाचार : होशियार कोरोनाको कहरमा, अपनाउँ उच्च सतर्कता !?


   

बर्षौं बर्ष देखि
मात्र देखिरहेका छैनौं
अपितु भोगीरहेका छौं
हाम्रो घर आँगनीमा
गल्ली गोरेटो
गाउँ र समाजमा
भित्रीएको दशैं
उस्तै उस्तै लाग्छ
हरेक बर्ष
तामझाम
नयाँ लुगा कपडा
माछा-मासु
शैशिकार र
आ-आफ्नो
कुलपरम्परा र
रितिरिवाज
उस्तै उस्तै
मीठो मीठो खानेपिने
लुगा कपडा र
गर-गहना वा नयाँ बस्तु
हुनेखाने र सम्पन्नताको
चहलपहल
गरिव-गुरुवा भर्सेस
धनी र सम्पन्नको
नाटकीय तामझाम ।।१।।

त्यसैले होला
भनिएको पनि
पुनित: पावन पर्व
बडा दशैं ।
को हुन त बडा ¿¡
पञ्च पिता
जन्मदिने बाबू
शिक्षा दिने गुरु
राष्ट्रनायक
छोरी दिने
ससुरा
अन्नदिने किसान र
तत् तत् माता
पञ्च माता
पौराणिक मत ।।२।।

Insert your Ads code here

नातामा उच्च
पदमा उच्च
शिक्षामा उच्च
नैतिकता र सदाचारमा उच्च
र अन्त्यमा उमेरमा उच्च
बडा वा श्रेष्ठ
शास्त्रीय मत
तर बिडम्वना
बडाको परिभाषा
स्पष्ट छैन
दिनप्रतिदिन
धमिलो छ
हिजोआज बडाको अर्थ
धनीमानी र
सम्पन्नतामा
जोडिएको छ ।
दुनियाँ दिनप्रतिदिन
स्वार्थी र मतलवी हुँदै
गैराछ ! अफशोच !!! ।।३।।

अरुको त केकुरा
बाबू-आमा पनि
धनी र सम्पन्न
सन्ततीको बखान गर्छन्
गुनगान गर्छन
चाहे त्यो दौलत
कमिशन, घुसखोरी र
भ्रष्टाचारवाट
कमाको किन नहोस ।
यथार्थमा समाज
अपरिवर्तित छ
जड छ साँच्ची
क्रान्तिकारीको मुखुण्डो भिरेकाहरु
अझ बढी
स्वार्थी र दम्भी छन ।।४।।

के छ र नयाँ
परिवर्तित
रुपरंग र नयाँ ढंग
आशिर्वाद
त्यही दिन्छन
आयु द्रोण सुते
श्रीयं दशरथे ।।
यथास्थितिवाद
के आश गर्ने खै !?
रुढीबादी र पश्चगामी समाज
एउटा औपचारिकता
बिधिको बिडम्बना र
लोकाचारको पर्व
चाडवाड हो
मान्नपर्छ ।
मान्दिम न त
मानेरै के बिग्रन्छ र ?
आखिर यस्तै
चलिराछ र
चलिरहन्छ ।।५।।

यस बर्ष २०७७ को बडादशैं
अधिकमासले
कार्तिकमा धकेलियो
एकातिर बिश्वब्यापी
कोरोना “कोभिड-१९
महामारीको सन्त्राश
अर्कोतिर परम्परागत
बडादशैं पर्व ।
सरकारको घोषणा छ
जो जहाँ छ त्यहीँ
मनाउँनु पर्छ दशैं
बुढाबुढी आमा बाबू
हजुरामा हजुरबुबालाई
भेटन नजानु है
दशैं त अर्को साल
पनि मानिएला
तर, प्रिय आफन्त
गुमाएमा फ़ेरि
कहिले पनि
पाउनेछैनौं ।
होशियार
कोरोनाको कहर
चिन्तन मनन गरौं र
सहि निर्णय लिउँ ।। ६।।

विश्वव्यापी महामारी
कोरोनाको कहर
बन्दाबन्दी “लकडाउन”
होईन रहर !
विश्व कोभिड-१९ ले
भयाक्रान्त छ शहर ।।
विकसित, अल्पविकसित र
विकासोन्मुख
सबैको उस्तै उस्तै
अवस्था रहेपनि ।
तौरतरिका र शैली
फरक२ छन् ।
कोरोना साम्य हुने
कुनै संकेत छैन ।
तसर्थ
भौतिक दुरी र
स्वास्थ्य मापदण्ड
यहीँ छ एकमात्र
अचुक अस्त्र ।
दशैं तिहार
आउँछन् जान्छन् ।
हाम्रो सोचाई र
समझदारीमा
संकुचित न आवस् ।
अवश्यमेव मिलिरहनेछ
ठुलाबडाको आशीर्वाद
जो जहाँ छौं त्यहीँ बसौं ।
यात्रा नगरिनहुने भए
अपनाउ होशियारी र
अपनाउँ उच्च सतर्कता ।।७।।

~~~~~धन्यवाद ~~~~~

✍️ रचनाकार : बसन्तराज अधिकारी

रचना मिति: २०७३/०६/१९ मंगलबार पुनः परिमार्जित मिति : २०७७/०६/२१ बुधबार
स्थायी ठेगाना : दाङ घोराही
हाल: राजापुर, बर्दिया ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!