Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

बन्दाबन्दीमा पनि रेलमार्ग निर्माणको कार्य निरन्तर


बन्दाबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ। राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो।

अहिले सर्लाही र महोत्तरी जिल्लाको सीमामा पर्ने बाँके खोलामा मजदुर खटिएर धमाधम निर्माणको काम गरिरहेका छन् । उनीहरूले काम गर्दा आपसमा दूरी कायम गरी बाहिरबाट कोही मानिस आउन दिएका छैनन्।

निर्माण कम्पनीका प्रतिनिधि तीर्थ श्रेष्ठका अनुसार बाहिरबाट कसैलाई पनि आउन नदिई आवश्यक सम्पूर्ण सामग्री जुटाएर काम धमाधम भइरहेको गोरखापत्र अनलाइनले जनाएको छ।

बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी एक दर्जन बढी मजदुर खटिएर काम गरिरहेका श्रेष्ठले जानकारी दिनुभयो। आफूहरूले काम मात्रै नगरेर रेलमार्ग निर्माणका लागि जम्मा गरिएका सामग्री कुर्ने कामसमेत गरिरहेको मजदुरहरूले बताएका छन्।

Insert your Ads code here

बन्दाबन्दी सुरु हुनुभन्दा पहिले नै सामान आइपुगेको र बीच जङ्गलमा सामानको सुरक्षाका निम्ति पनि काम गर्नुपरेको श्रेष्ठको भनाइ छ । उहाँले कोरोना विषाणु (कोभिड–१९)को महामारी नियन्त्रण नहुन्जेल बाहिरबाट कामदार नल्याइने बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!