Loading... आजः शनिबार , श्रावण १२, २०८१

बन्दाबन्दीले पर्यटकीय क्षेत्र चितवनमा करोडौंको क्षति


कोरोना सङ्क्रमण नियन्त्रण गर्न गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चितवनमा पर्यटन क्षेत्रमा डेढ करोड रुपियाँ र कुखुरा पालनका क्षेत्रमा ११ करोड ६३ लाख ७५ हजार रुपियाँ दैनिक क्षति भइरहेको पाइएको छ। बोइलर र लेयर्स चल्लामा दैनिक दुई करोड सात लाख ८५ हजार, कुखुराको मासुमा आठ करोड १० लाख र अण्डामा एक करोड ४५ लाख ९० हजार रुपियाँ घाटा भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालका अनुसार सामान्य अवस्थामा भन्दा अहिले कुखुराको चल्ला, मासु र अण्डाको कारोबार घटेको र मूल्य पनि घट्दा व्यवसायीले घाटा खानु परेको छ।

बन्दाबन्दी र निषेधाज्ञाले बढी प्रभावित भएको चितवनको पर्यटन क्षेत्रमा दैनिक डेढ करोड रुपियाँ बराबरको क्षति पुगेको पाइन्छ। पर्यटनविज्ञ विश्व सुवेदी होटलहरूले लिएका बैङ्क कर्जा, यातायात सेवा र होटलमा हुने सेवा सुविधामार्फत व्यवसायीले घाटा बेहोर्नुपरेको बताउनुहुन्छ। क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया भन्नुहुन्छ, “पर्यटन क्षेत्रले भोगेको क्षतिको विवरण अत्यासलाग्दो छ । ” कोरोनाका कारण चैत ११ बाट भएको लकडाउन बीचमा केही खुकुलो भए पनि विगत तीन हप्तादेखि निषेधाज्ञा जारी छ ।

गोरखापत्र अनलाइनका अनुसार पर्यटन क्षेत्रमा भएको लगानीको बैङ्क कर्जा, कर्मचारीको नियमित तलब, घरभाडा र बिजुली, टेलिफोनलगायत दैनिक खर्चमा उल्लेखित घाटा बेहोर्नुपरेको बताइन्छ। चितवनमा पर्यटकीय होटलमा ३० अर्बको लगानी छ । यसमध्ये आधाभन्दा बढी लगानी सौराहामा छ । चितवनमा अहिले २२५ वटा पर्यटकीय होटल रहेकामा सौराहामा ११० होटल रहेका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!