Loading... आजः शुक्रबार , असार ६, २०८२

बरघर र असहाय बालबालिकालाई वडाबाट मासिकरु १हजार भत्ता


बर्दिया राजापुर ,भाद्र १८
राजापुर नगरपालिका वडा नं ८ले यसै बर्ष देखी वडा नं ८मा रहेका मुल बरघरहरुलाई र बाबु आमा नभएका असहाय बालबालिकाहरुलाई रु १ हजारका दरले भत्ता दिने भएको छ ।


ऋाज राजापुरनगरपालिका वडा नं ८मा आयोजित वडाबाट यस बर्ष गरीने कार्यक्रमको वारेमा जानकारीदिने उद्देश्यले गरिएको बरघर तथा महिला स्वास्थ्य सेविकाहरुसंगको छलफल कार्यक्रममा वडा अध्यक्ष चिन्तामणी आर्चायले सो कुरा बताउनु भएको छ ।

वडा अध्यक्ष आर्चायले समुदायमा बरघर र महिलास्वास्थ्य सेविकाहरुले समुदाय प्रति गरेको काममा उच्च सम्मान व्यक्तगदै विगतका दिनमा पनि हामीले महिला स्वास्थ्य सेविकाहरुको लागि प्रोसाहीत गर्ने कामहरु गरेको र यस बर्षपनि केही कामहरु गर्ने बताउँदै यसै बर्ष देखी लागु हुने गरी वडा नं ८मा रहेका मुल बरघरहरुलाई मासिक रु ५सय टेलिफोन र रु ५सय यातायात खर्च वाफत मासिक रु १ हजारका दरले र, बाबुआमा नभएका असहाय बालबालिकाहरुलाई पोषणा खर्च वाफत वडाबाट मासिकरु १ हजारका दरले दिने बताउनुहुदै ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको घरमै पुगी स्वास्थ्य सेवा प्रदान गरिने जसका लागि चाहीने औषधीहरु निःशुल्क उपलब्ध गराउने बताउनु भयो ।

Insert your Ads code here

छलफल कार्यक्रममा १० जना बरघर र १४ जना महिला स्वास्थ्य सेविकाहरुलाई माक्स, सेनिटाईजर र फेससिल्ड प्रदान गरिएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!