Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

 बर्दियाको गुलरिया नगरपालिका वडा नं ९ टेपरी गाँउमा नालिको ढिस्कोले पुरिएर बालकको मृत्यु


दीपकलाल श्रेष्ठ

बर्दिया( गुलरिया) जेठ १५ गते।

 

  बाटो बनाउन खनेको नालिको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ।

 बर्दियाको गुलरिया नगरपालिका वडा नं ९ टेपरी गाँउमा शुक्रबार मात्र बाटो बनाउन खनेको नालिको ढिस्को भत्किएर ढिस्कोले च्यापिदा समशेर अलि नाउ का १० बर्षीय छोरा इसराद अलि नाउको मृत्यु भएको मथुरा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक खड्ग बहादुर डाँगीले बताए।

हिजो देखि परेको अविरल वर्षापछि बाटो बनाउन खनेको नालिको पानिमा ४ जना बच्चा हरु खेलिरहेको र सोहि क्रममा नालिको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको डाँगीले जानकारी दिए। 

केहि दिन अघि मात्र निर्माण हुन लागेको बाटोको गहिरो नालिमा बच्चाहरु खेल्ने क्रममा ढिस्कोले पुरिएर १० बर्षिय बालकको मृत्यु भएको गुलरिया नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष हरि पासिले बताए। 

 

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!