Loading... आजः बिहिबार , माघ ३, २०८१

बर्दियाको गेरूवामा बाघको आक्रमणबाट एकको मृत्यु


बर्दिया गेरूवा, कातिक १५

बर्दियाको गेरूवा गाउपालिकामा बाघको आक्रमणमा परी  एक जना पुरुषको मृत्यु भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको बाघ निकुञ्ज बाहिर आएर गेरुवागाउँपालिका वडा नं. ४ राजिपुरका ५८ वर्षिय लहानु थारुलाई आक्रमण गरी मृत्यु भएको प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी गराउनु भएको छ।

Insert your Ads code here

प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघको आक्रमणलाई नियन्त्रण गर्नका लागि ट्रयाकिङ क्यामेरा जडान भईरहेको तथा पीडित परिवारलाई काजक्रिया गर्नका लागि राहत रकम उपलब्ध गराउने जानकारी भएको छ ।

२ महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा यससँगै ६ जनाको मृत्यु भईसकेको छ।

गत साता मात्रै मधुवन नगरपालिका वडा नं. ३ बस्ने २ जना पुरुषको नरभक्क्षी बाघको आक्रमणमा परी मृत्यु भएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!