बर्दिया
२२ आश्विन २०७९
लगातार केही दिनदेखि परेको अबिरल वर्षाले बबई नदीमा निर्माण भएको जब्दीघाट पुल बाढीले बगाएको छ भने कैलाली बर्दिया जोड्ने सत्तीघाट पुल बाङ्गो भएको छ ।
बारबर्दिया नगरपालिका स्थित गुलरिया सदरमुकाम जोड्नको लागि ८ वर्ष अघि निर्माण भएको पुल २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको पुल बगेको हो ।
पुल बगाएपछि दक्षिणबाट पुर्व पश्चिम राजमार्ग पुग्नका लागि सहज माध्यम बनेको पुलबाट आवागमन ठप्प भएको छ ।
त्यस्तै हुलाकीमार्गसंग जोडिएको कैलाली बर्दिया जोड्ने सत्तीबाट पुल फेरी बाङ्गो भएको छ । २०७८ साल साउन १० गते पुलको केही भाग भासिएर मर्मत गरी संचालनमा आएको पुल पुर्न दोस्रोपटक केही दिन देखी परेको अविरल बर्षाका कारण पुल बाङ्गो भएको छ । बर्दिया तर्फको अन्तिम दोस्रो स्पानको भाग उत्तरतर्फ लगभग १ बित्ता फाटिएको र दक्षिणतर्फ जोडिएको अवस्थामा पुल देख्न सकिन्छ ।