Loading... आजः बुधबार , माघ ९, २०८१

बर्दियाको भोलागौडिमा चरेस सहित ३ जनालाई प्रहरीले पक्राउ


   

दीपकलाल श्रेष्ठ /बर्दिया,जेठ १५ गते

  बर्दियाको भोलागौडिमा चरेस सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
      बर्दियाको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरीको टोलीले बढैयाताल गाँउपालिका बडा नं ३ को भोलागौडिमा रहेको मानझुण्डी सामुदायिक वन नजिक तिन जना शंकास्पद अवस्थामा कुरा गरिरहेको देखे पछि सोध पुछ गर्ने क्रममा र खान तलासी गर्दा सो व्याक्तीहरुको साधमा रहेको कालो रंगको झोलामा लुकाई छिपाई राखेका करिब ६ सय ९४ ग्राम लागु औषध चरेश उनीहरुका साधबाट फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
प्रक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाँउपालिका बडा नं ६ बस्ने २६ बर्षिय कमल विश्वकर्मा र ३२ बर्षिय कालि बहादुर चदारा साथै बढैयाताल गाँउपालिका बडा नं ८ शितलाबजार बस्ने ४८ बर्षिय बल बहादुर कामी रहेको समेत उपरीक्षक कार्कीले जानकारी दिए ।
पक्राउ परेका तिनै जना माथि थप आवश्यक अनुसन्धान भइरहेको समेत उपरीक्षक कार्कीले भने ।
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!