Loading... आजः शुक्रबार , कार्तिक २३, २०८१

बर्दियाको भौरा क्षेत्रमा कोभिड–१९ वाट प्रभावित अति विपन्न परिवारहरुलाई राहत वितरण


   

मिन अधिकारी/ राजापुर

    बर्दियाको भौरा क्षेत्रमा कोभिड–१९ वाट प्रभावित अति विपन्न परिवारहरुलाई आज राहत वितरण गरिएको छ ।

Insert your Ads code here

  बर्दियाली संम्पर्क समिति दक्षिण कोरियाद्वारा ६० घर परिवारलाई २ लाख ७२ हजार वरावरको राहत सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अरुण सिंह राठौरले विश्व नै कोरोना महामारीले आक्रान्त भएका वेला दक्षिण कोरियामा रोजगारीका सिलसिलामा रहेर पनि बर्दियाका युवा हेमन्त शाहा, गोविन्द शर्मा, र निश्चल चन्दको पहलमा बर्दियाका आर्थिक रुपले विपन्न परिवारलाई बन्दाबन्दीले पारेको असर महसुस गरी गरेको सहयोग अति नै सह्रानीय रहेको भन्दैै सहयोगी युवाहरुलाई हृदय देखि नै धन्यवाद दिनु भएको थियो ।

नेपालका सबै जिल्ला कोरोनाको चपेटामा परेको वताउँदै प्रमुख अतिथि राठौरले देशै भरका युवाहरु जागरुक भएर महामारी जित्न सहयोगका लागि तयार हुनु पर्ने समेत वताउनु भयो । राजापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष महेश चौधरीले कार्यक्रममा बोल्दै विदेशी भूमिबाट पनि सहयोग गर्नु पुण्य कर्म भएको र आगामी दिनमा पनि युवाहरुले यस्ता सहयोग गर्नेमा आफु विश्वस्त रहेको र सबै सहयोगी युवाहरुलाई धन्यवाद दिनु भएको थियो ।

बर्दियाली संम्पर्क समिति दक्षिण कोरियाद्वारा राजापुर नगरपालिकामा ४० घर परिवार र गेरुवा गाउँपालिकाका २० घर परिवारललाई आज एक कार्यक्रमका विच खाद्यान्न सहित राहत सामग्री वितरण गरिएको कार्यक्रमका सभापति तथा दक्षिण कोरिया सम्पर्क समितिका संरक्षक तथा सामाजिक अभियन्ता सूर्य केसीले जानकारी दिनु भयो ।

सम्पर्क समितिले राजापुर नगरपालिका वडा नं. ६ का देवराज थारु र वडा नं. ८ का मुकुन्द राज थारुलाई उपचारका लागि जनही १०– १० हजार र मधुवन नगररपपालिकाका क्यान्सर पिडित विररामीलाई उपचार खर्चका लागि नगद २१ हजार हस्तान्तरण गरिएको थियो ।

यस्तै दिलनाथ धमलाले व्यक्तिगत रुपमा गेरुवा गाउँपाालिकामा ५ घर परिरवारलाई राहत सामग्री वितरण गर्नु भएको थियो । बर्दिया जिल्ला सहित देशका विभिन्न जिल्लाबाट बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले आफुले पसिना बगाएर कमाएको पारिश्रमिकबाट जिल्लामा कोरोना प्रभावित अपाङ्ग, दलित तथा अतिविपन्न परिवारलाई थोरै भएपनि राहत पु¥याउने उद्देश्यले २५ किलो चामल, ३ किलो दाल, १ लिटर खाने तेल, १ केजी नुन, ५० थान माक्स, सेनिटाइजर, वितरण गरिएको सम्पर्क समिति दक्षिण कोरियाका संरक्षक तथा सामाजिक अभियन्ता केसीले जानकारी हो । कार्यक्रममा बोल्दै हेमन्त शाहाका बुवा यज्ञ वहादुर शाहा गोविन्द शर्माकी आमा भूमा शर्मा र निश्चल चन्दका बुबा भिम बहादुर चन्दले आफ्नो गाउँठाउँमा आफ्नै हातले पिडितलाई राहत वितरण गर्न पाउनु निकै खुशीको कुरा भएकाले सहयोगी आफ्ना सन्तानहरुलाई आर्शिवाद समेत दिनु भएको थियो ।

 भोली गुलरिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा राहत वितरण गरिने बर्दियाली संम्पर्क समिति दक्षिण कोरियाले जनाएको छ । बर्दियाको भौरा क्षेत्रमा कोभिड–१९ वाट प्रभावित अति विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ । आज बर्दियाली संम्पर्क समिति दक्षिण कोरियाद्वारा ६० घर परिवारलाई २ लाख ७२ हजार वरावरको राहत सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अरुण सिंह राठौरले विश्व नै कोरोना महामारीले आक्रान्त भएका वेला दक्षिण कोरियामा रोजगारीका सिलसिलामा रहेर पनि बर्दियाका युवा हेमन्त शाहा, गोविन्द शर्मा, र निश्चल चन्दको पहलमा ९३जनाले बर्दियाका आर्थिक रुपले विपन्न परिवारलाई बन्दाबन्दीले पारेको असर महसुस गरी गरेको सहयोग अति नै सह्रानीय रहेको भन्दैै सहयोगी युवाहरुलाई हृदय देखि नै धन्यवाद दिनु भएको थियो । नेपालका सबै जिल्ला कोरोनाको चपेटामा परेको वताउँदै प्रमुख अतिथि राठौरले देशै भरका युवाहरु जागरुक भएर महामारी जित्न सहयोगका लागि तयार हुनु पर्ने समेत वताउनु भयो । राजापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष महेश चौधरीले कार्यक्रममा बोल्दै विदेशी भूमिबाट पनि सहयोग गर्नु पुण्य कर्म भएको र आगामी दिनमा पनि युवाहरुले यस्ता सहयोग गर्नेमा आफु विश्वस्त रहेको र सबै सहयोगी युवाहरुलाई धन्यवाद दिनु भएको थियो ।

बर्दियाली संम्पर्क समिति दक्षिण कोरियाद्वारा राजापुर नगरपालिकामा ४० घर परिवार र गेरुवा गाउँपालिकाका २० घर परिवारललाई आज एक कार्यक्रमका विच खाद्यान्न सहित राहत सामग्री वितरण गरिएको कार्यक्रमका सभापति तथा दक्षिण कोरिया सम्पर्क समितिका संरक्षक तथा सामाजिक अभियन्ता सूर्य केसीले जानकारी दिनु भयो । सम्पर्क समितिले राजापुर नगरपालिका वडा नं. ६ का देवराज थारु र वडा नं. ८ का मुकुन्द राज थारुलाई उपचारका लागि जनही १०– १० हजार र मधुवन नगररपपालिकाका क्यान्सर पिडित विररामीलाई उपचार खर्चका लागि नगद २१ हजार हस्तान्तरण गरिएको थियो । यस्तै दिलनाथ धमलाले व्यक्तिगत रुपमा गेरुवा गाउँपाालिकामा ५ घर परिरवारलाई राहत सामग्री वितरण गर्नु भएको थियो । बर्दिया जिल्ला सहित देशका विभिन्न जिल्लाबाट बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले आफुले पसिना बगाएर कमाएको पारिश्रमिकबाट जिल्लामा कोरोना प्रभावित अपाङ्ग, दलित तथा अतिविपन्न परिवारलाई थोरै भएपनि राहत पु¥याउने उद्देश्यले २५ किलो चामल, ३ किलो दाल, १ लिटर खाने तेल, १ केजी नुन, ५० थान माक्स, सेनिटाइजर, वितरण गरिएको सम्पर्क समिति दक्षिण कोरियाका संरक्षक तथा सामाजिक अभियन्ता केसीले जानकारी हो । 

   राहत वितरण कार्यक्रममा राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका पूर्व जिल्ला सभापति अरुणप्रकाश सिंह राठोर, नेपाली कांग्रेस गेरुवाका युवा नेता चैतु थारु, सुनिल सिंह राठौर, भुपेन्द्र शाह, सुधन शाह, नेत्र ढकाल, शिक्षक नरप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै हेमन्त शाहाका बुवा यज्ञ वहादुर शाहा शर्माकी आमा भूमा शर्मा र निश्चल चन्दका बुबा भिम बहादुर चन्दले आफ्नो गाउँठाउँमा आफ्नै हातले पिडितलाई राहत वितरण गर्न पाउनु निकै खुशीको कुरा भएकाले सहयोगी आफ्ना सन्तानहरुलाई आर्शिवाद समेत दिनु भएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!