बर्दियाको राजापुरबाट स्रोत नखुलेको अवैध रकम सहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी रहेका छन् । प्रकाउ परेका चौधरीको साथबाट १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख डिएसपि मीन बहादुर घलेले जानकारी दिनु हुदै पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यलय कोहलपुर बाँके चलान गरिएको छ ।
कैलालीबाट बर्दिया आउने क्रममा इलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी निरिक्षक सन्तोष घिमिरेको कमाण्डमा खटि गएको टोलिमा रहेका प्रहरी हवल्दार भक्त बहादुर थापाले कर्णाली सत्तिघाट पुलमा सु.प्र.प.०१००८प ८१४५ नम्बर को मोटरसाइकललाई चेक जाँच गर्दा चौधरीले पछाडी बोकेको झोलामा २ वटा प्लास्टिकको पोकामा राखिएको अवस्थामा स्रोत नखुलेको भारतीय रुपैया र साथ मा ल्यापटप १थान,मोवाईल १थान सिमकार्ड बरामत गरेको छ ।