Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

बर्दियाबाट राष्ट्रपती द्धारा र प्रदेश सरकारबाट को–को भए त बिभूषित


बर्दिया असोज ३

नेपाल सरकारबाट सातौं संविधान दिवसको अवसरमा राष्ट्रपती द्धारा आज गरिएको बिभिन्न पदकका लागि बर्दिया जिल्लाबाट विभूषित हुनका लागि सिफारिस गरिएको नामावली यस प्रकार रहेको छ ।

Insert your Ads code here

   समाजिक अगुवा आन्दोलनका योद्धा स्व.राम चरण चौधरीलाई प्रसिद्ध प्रबल जनसेवा श्री पदकबाट विभूषित गरिएको छ भने जिल्ला प्रशासन कार्यालय बर्दिया प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट बिभूषित गरिएको छ ।


त्यस्तै बर्दिया जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीलाई प्रबल जनसेवा श्री पदक, पत्रकार बद्रि सिग्देललाई प्रबल जनसेवा श्री पदक, गुलरिया नगरपालिका ७ का पुर्व शिक्षक विष्णु प्रसाद शर्मा तिमिल्सेनालाई जनसेवा श्री पदकबाट विभूषित गरिएको छ ।

त्यस्तै आज लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ ।
संविधान दिवसका अवसरमा प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिसानुसार आज प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।

सरकारले आज घोषणा गरेका ५७ पदक विभूषितलाई प्रदेश स्थापना दिवसका अवसरमा आगामी फागुन ३ गते विभूषण प्रदान गरिने छ ।

लुम्बिनी प्रदेश सरकारबाट बर्दिया जिल्लाबाट विभिन्न पदकहरु प्राप्त गर्नुहुन हुनेहरुमा प्रदेश प्रमुख जनसेवा पदक श्री निर्मला योगी(बेपत्ता), मुख्यमन्त्री प्रज्ज्वल दीप पदक श्री टिकाराम थारु (घाइते),प्रदेश सेवा समर्पण पदक डा. विजय उपाध्यया, प्रदेश सेवा समर्पण पदक डा. सुभाष पाण्डेय, प्रदेश सेवा समर्पण पदक श्री संगिता भट्ट समाज सेवा श्री पदक श्री बिसतीय (बिष्णु) चौधरी रहेका छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!